आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनतालाई स्वच्छ खानेपानी दिलाउनु सरकारको कर्तव्य : पुर्व मन्त्रि पौडेल

AuthorAP Khabar २०७५ भाद्र २३, शनिबार ( ५ साल अघि) ८८७ पाठक संख्या

सिमरा, २३ भाद्र
पूर्व युवा तथा खेलकुद मन्त्री एवं नेकपाका नेता पुरुषोत्तम पौडेलले स्वच्छ र सफा खानेपानी खान पाउने जनताको अधिकारीलाई कसैले रोक्न नहुने बताउनुभएको छ । सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको शनिवार सिमरामा १६औँ साधारण सभाको उद्घाटन गर्दै समारोहका प्रमुख अतिथी समेत रहनु पौडेलले सो कुरा बताउनु भएको हो ।
उहांले सम्पूर्ण नागरिकको मौलिक हकको रुपमा संविधानले शुद्व खानेपानि खान पाउने व्यवस्था गरेकाले जनतालाई स्वच्छ खानेपानी दिलाउनु सरकारको कर्तव्य हुने बताउनु भएको छ ।
जनता स्वस्थ्य भए देशको विकास संभव हुने भएकोले मानव शरीरमा चाहिने ६६ प्रतिशत पानीको मात्रालाई शुद्व रुपमा दिनसक्ने ब्यवस्था राज्यले मिलाउनुपर्ने कुरामा जोड दिनुभयो ।
एक अर्को प्रसंगमा पुर्व मन्त्रि पौडेलले सरकार सुखि नेपाली र समृद्ध नेपाल निर्माणको मार्गमा अघि बढेको उल्लेख गदै संबिधानले निर्दिष्ट गरेको एक घर एक रोजगारको बिषय समयमा नै पुरा हुने दाबि गर्नु भयो ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता
समितिका अध्यक्ष कासिम हुसेनले सिमरा खानेपानीले सिमरा बासीलाई कहिल्यै पनि खानेपानिको अभाव नहुने गरी काम गरीरहेको बताउनु भयो ।
जितपुरसिमरा उपमहानगरपालिकाले सिमरा खानेपानीलाई कुनै बजेट नछुट्याएर उपेक्षा गरेको गुनासो गर्दै उपमहानगरपालिकाले सडक ढलान तथा बाटो विस्तारका क्रममा वडा र नगरले समन्वय नगरेका कारणले समस्या भएकोले खानेपानीको समन्वयमा काम गर्न उपमहानगरलाई आग्रह गर्नुभए भयो ।
कार्यक्रममा सिमरा खानेपानि तथा सरसफाई उपभोता समितिका सल्लाहकार समिति संयोजक भोला अधिकारिले सिमरा खानेपानि तथा सरसफाई उपभोता मितिका पूर्व अध्यक्ष मुकुन्द बहादुर क्षेत्रि, नेकपाका प्रतिनिधि प्रेम प्रसाद बराल, नेपालि कंग्रेसका हरिथपलिया, राजपाका प्रतिनिधि राजाराम चौधरी, खानेपानि उपभोतmा समितिका पदाधिकारि, समाजसेवि तगाएत उपभोतmाहरुको उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस