आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एकै खालको मुद्धामा उच्च अदालत बिरगञ्जको फरक आदेश

AuthorAP Khabar २०७५ भाद्र २६, मंगलबार ( ५ साल अघि) ९३७ पाठक संख्या

बारा,२७ भाद्र : उच्च अदालत जनकपुर अस्थायी इजलास, विरगञ्जले एकै प्रकृतीको मुद्धामा दुई किसिमको आदेस गरेको छ । अदालतले स्थानीय तहको निर्वाचनका बेला जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ७ र १९ मा भएको निर्वाचनमा पराजित उम्मेदबारले उच्च अदालत बिरगञ्जमा आफुहरुलाई धांधली गरेर हराइएको भन्दै रीट निबेदन दर्ता गरेकोमा जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ७ को रीट खारेज गरेको छ भने वडा नम्बर १९ को रीटलाई लम्ब्याउदै स्थानीय तहको निर्वाचनका बेला प्रयोग भएका मतपत्र बाहेक इमेनुअल लगायत सम्पुर्ण कागजातहरु झिकाउन जिल्ला निर्वाचन कार्यालय बारालाई आदेश दिएको छ ।

वडा अध्यक्ष सुदन दास तत्मा र जिल्ला निर्वाचन कार्यालयलाई बिपक्षी बनाई माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका दिपेन्द्र कुमार क्षेत्रीले दीएको रिट उपर आदेश सुनाउदै उच्व अदालतका न्यायधिस डिल्लीराज आचार्यको एकल इजलासले निर्वाचन कार्यालय बारालाई निर्वाचनको समयमा प्रयोग भएका मतपत्र बाहेक सबै काजगातहरु झिकाउन आदेस दिएको छ । एक बर्ष अघि असोज ६ गते वडा नम्बर १९ मा वडा अध्यक्षका लागी भएको मतदानको मतगणनामा धाधली भएको भन्दै क्षेत्रीले उच्च अदालत विरगञ्जमा रिट हालेका थिए ।

जितपुर सिमरा उपमहानगरपालिकाको दुइ वटा वडाको एकै खालको मुद्धामा उच्च अदालत बिरगञ्जको फरक आदेश, एकजनाको रीटमा पटक पटक कागजातमाग अर्कोको रीट खारेज

नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका वडा अध्यक्ष तत्माले क्षेत्रीलाई पराजित गरेका थिए । वडा नम्बर १९ को सरस्वती माद्यामीक बिद्यालय ईनर्वा्सीरामा भएको मतदानमा २१८६ मत खसेको थियो । जस मध्ये माओवादी केन्द्रका क्षेत्रीले ६५१ तथा नेकपा एमालेका तत्माले ६५५ मत ल्याएर बिजयी घोषण हुनु भएको थियो । यस्तै प्रकृतीको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ७ का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदबार सुनिल कुमार गुप्ताले निर्वाचन कार्यालयले वडा नम्बर ७ का नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदबार रामबाबु गुप्तालाई धाधलि गरेर जिताएर आफुलाई हराएकको भनि उच्च अदालत बिरगञ्जमा रीट दर्ता गराएका थिए सो रीट अदालतका न्यायधिस बालकृष्ण उप्रतीको एकल इजलासले खारेज गरीसको छ ।

एकै प्रकृतीको रीटमा अदालतले एउटा मुद्धा खारेज गरेको छ भने अर्कोमा आदेस माथि आदेस गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस