आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हरितालिका तीजको पूर्वसन्ध्यामा बर्थिङ सेन्टर

AuthorAP Khabar २०७५ भाद्र २६, मंगलबार ( ५ साल अघि) ५८२ पाठक संख्या

जीतपुर, २६ भदौ : हरितालिका तीजको पूर्वसन्ध्यामा जीतपुरसिमरा उपमहानगरपालिकाले जीतपुरमा प्रसुती सेवा केन्द्र (बर्थिङ सेन्टर) सुरुवात गरेको छ । गर्भवती महिलालाई सेवा दिने उदेश्यले उपमहानगरपालिकाले वडा नं. ७ स्थित जीतपुरमा सेवा सुरुवात गरेको हो । करिब ६ लाखको लागतमा सञ्चालनमा आउन लागेको प्रसुती केन्द्रको उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले उद्घाटन गरेका छन् ।

दक्ष जनशिक्तका साथ सुरु गरिएको प्रसुती केन्द्रबाट गर्भवती जाच, परामर्शसहित प्रसुतीका सेवा प्रदान गरिने मेयर डा. पौडेलको भनाई

प्रसुती सेवाको उद्घाटन गर्दै मेयर डा. पौडेलले अति संवेदनशील प्रसुती सेवालाई सहज बनाउनका लागि उपमहानगरपालिकाले जीतपुरलाई केन्द्र बनाएर सेवा सुरु गरेको बताए । दक्ष जनशिक्तका साथ सुरु गरिएको प्रसुती केन्द्रबाट गर्भवती जाच, परामर्शसहित प्रसुतीका सेवा प्रदान गरिने मेयर डा. पौडेलको भनाई छ ।
स्वास्थ्य क्षेत्रमा जनताको पहुच सहज बनाउनका लागि उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढिरहेको मेयर डा. पौडेलले बताएका छन् । मेयर डा. पौडेलले प्रसुती सेवासहित जीतपुरमा सर्पदंश केन्द्र सञ्चालनको नजिक रहेको बताए ।
कार्यक्रममा उपमहानगरकी उपमेयर सरस्वती चौधरीले उपचारको अभावमा ज्याननै गुमाउनु पर्ने अवस्था अन्त्य गर्नका लागि उपमहानगरपालिकाले प्रसुती सेवा सुरुवात गरेको बताईन् । उनले स्वास्थ्य क्षेत्रको सुधार र स्तरोन्नतीको लागि उपमहानगरपालिका गम्भिर भएर अघि बढिरहेको बताईन् ।
कार्यक्रममा साविकको भवानीपुर जीतपुर गाविसका पूर्वअध्यक्ष कृष्णब्रतसिंह, वडा नम्बर ७ का अध्यक्ष रामबाबु गुप्ता, सदस्य दुर्गा रिजाललगायतले मन्तब्य राखेका थिए । वडाअध्यक्ष गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रञ्जन यादवले गरेका थिए । कार्यक्रममा स्थानिय समाजसेवी शिवजी सोनार, रामबाबु कलवार, गणेशप्रसाद साह, प्रसुती सेवा सञ्चालन समिति अध्यक्ष दुर्गा रिजाल, उपमहानगरपालिकाका स्वास्थ्य शाखा संयोजक कौशिलेन्द्र मिश्रलगायतको उपस्थिती रहेको थियो ।
उपमहानगरपालिकाको प्रथम नगर सभाले जीतपुरसहित जैतापुर, अमलेखगञ्ज र ईनर्वासिरामा प्रसुती केन्द्र सुरु गर्ने निर्णय गरेको थियो । यसअघि जैतापुरमा प्रसुती सेवा सञ्चालन भईसकेको छ भने ईनर्वासिरा र अमलेखगञ्जमा सञ्चालन हुने तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस