आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दोश्रो बारा खाना तथा दशै महोत्सव हुने

AuthorAP Khabar २०७५ भाद्र २८, बिहिबार ( ५ साल अघि) ७९२ पाठक संख्या

होटल तथा पर्यटन व्यवसायी संघ बाराले दोश्रो खाना तथा दशै महोत्सव २०७५ गर्ने भएको छ । नेपालीहरुको महान पर्व बडादशै तथा शुभ–दिपावलीको अवसर पारेर संघले यसबर्ष पनि खाना तथा दशै महोत्सव गर्ने भएको हो ।

संघ बाराले यसबर्ष असोज २७, २८ र २९ गते महोत्सव गर्ने तयारी गरेको छ । जीतपुरसिमरा उप–महानगरपालिकाभित्र हुने ३ दिने महोत्सवलाई सफल बनाउन संघले तयारी पनि तिब्र पारेको छ । तयारी स्वरुप आज बिहान बाराको सिमरामा सरोकारवालाबिच छलफल कार्यक्रम सम्पन्न भएको छ ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहने

होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा जनप्रतिनिधि, बिभिन्न संघ–संस्थाका व्यक्ति, राजनितिक दलका प्रतिनिधि, शिक्षक, बुद्धिजिवि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सहभागीहरुले महोत्सवलाई भब्य र सभ्य रुपमा सफल बनाउन आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

सबैलाई समेटेर महोत्सव गर्नुपर्ने भन्दै सहभागीहरुले सबैलाई पायक पर्ने स्थानमा कार्यक्रम गर्न सुझाव दिए । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहनेछ ।

प्रतिक्रिया दिनुहोस