आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विद्यार्थीहरुले विगत दुई दिनदेखि गरेको आन्दोलन सात बुदेँ सहमतिपछि फिर्ता

AuthorAP Khabar २०७५ भाद्र २९, शुक्रबार ( ५ साल अघि) ४८२ पाठक संख्या

महागढीमाई २९ भाद्र  : गढीमाई नमुना विद्यालयका विद्यार्थीहरुले विगत दुई दिनदेखि गरेको आन्दोलन सात बुदेँ सहमतिपछि फिर्ता भएको छ । बाराको महागढीमाई १ स्थित रहेको श्री गढीमाई नमुना विद्याालयमा अध्यनरत विद्यार्थीहरुले बिगत दुई दिनदेखी गरेको आन्दोलन विद्यार्थी, विद्यालय प्रशासन र शिक्षा समिती बिच भएको सात बुदेँ सहमतिपछि फिर्ता भएको हो ।
विद्यालयमा कार्यरत शिक्षक मनोज साह गोढको काज सरुवा र नगर प्रहरीदारा विद्यालय परिसरमा भयको झडपको विरुद्धमा बिगत दुई दिनदेखी विद्यालयका विद्यार्थीहरुले आन्दोलन गर्दै आएको थिए । आन्दोलनका क्रममा विद्यार्थीहरुले विद्यालयका साथै त्यहाँका स्थानिय बजारपनि बन्द गराएका थिए ।

बाराको महागढीमाई १ स्थित रहेको श्री गढीमाई नमुना विद्याालयमा अध्यनरत विद्यार्थीहरुले बिगत दुई दिनदेखी गरेको आन्दोलन विद्यार्थी, विद्यालय प्रशासन र शिक्षा समिती बिच भएको सात बुदेँ सहमतिपछि फिर्ता भएको हो ।

यता आन्दोलन गर्दै आएको विद्यार्थीहरुको माग प्रती महागढीमाई नगरपालिका अन्तर्गत रहेको शिक्षा समिती र विद्यालय प्रशासन बिच बिहिवार सहमति भएको छ । महागढीमाई नगर उपप्रमुख तारा देबि कानुको अध्यक्षतामा विद्यालय परिसरमा बसेको बैठकले सात बुदेँ सहमती भएको शिक्षा समिती संयोजक शसिकान्त मिश्रले जानकारी दिनुभएको छ ।
उहाँले विधालयको शिक्षक मनोज साह गोढको काज सरुवा फिर्ता गर्ने, विद्यालयको प्रधानाध्यापक रामएकबाल साहलाई नगर भित्रै रहेको अन्य माध्यमिक बिधालयमा दरबन्दी मिलान गर्ने सहमति भएको बताउनुभएको हो ।
त्यसैगरी महागढीमाई नगर पालिकाबाट आन्दोलनको क्रममा नगर प्रहरीद्वारा विद्यार्थीहरुमाथी गरिएको कुटपिटक छानबिन समितीबाट पुष्टि भए सो नगर प्रहरीलाई कार्वाही गरिने निर्णय समेत गरीएको शिक्षा समिती संयोजक मिश्रले बताउनुभएको छ ।
यसैगरी आन्दोलनको क्रममा विद्यालयमा भएको छतिपुर्ती महागढीमाई नगरपालिकाले ब्यवस्थापन गर्ने निर्णय समेत गरिएको छ । छलफलमा महागढीमाई नगरपालिकाका उपमेयर, शिक्षा समिती संयोजक, विधालय प्रशासन लगाएत विद्याथी र अभिभावकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस