आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

करैयामाई गाउँपालिका बारा जिल्लाकै पहिलो बालबालिका बिध्यालय बाहिर नरहेको गाउँपालिका घोषणा

AuthorAP Khabar २०७५ भाद्र ३१, आईतबार ( ५ साल अघि) १०१८ पाठक संख्या

मनिता पाण्डे, निजगढ, ३१ भदौ : करैयामाई गाउँपालिका बारा जिल्लाकै पहिलो बालबालिका बिध्यालय बाहिर नरहेको गाउँपालिका घोषणा भएको छ । गाँउपालिका लाई २ नम्बर प्रदेश को तेश्रो बिना कारण कुनै पनि बालबालिका बिध्यालाय बाहिर नरहेको क्षेत्रको रुपमा घोषणा गरिएको हो ।

कार्यक्रम करैयामाई गाउँ पालिका वडा नंबर १ स्थित जन सामुदायिक माबि हरैया मधुवन को प्राङ्गणमा सम्पन भएको हो । कार्यक्रममा २ चरण गरि भर्ना अभियान कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याएको गाउँपालिकाको शिक्षा शाखाले गाउँ पालिकाको ८ वटा वडा र वडा भित्र रहेका २१ वटै बिध्यालय लाई सम्मान समेत गरेको छ ।

गाँउपालिका भित्ररहेका २१ वटा बिद्यालयमा दुई चरणमा १५८ जना बालबालिकालाई बिद्यालयमा भर्ना गरीएको शिक्षा साखा प्रमुख सन्तोष कुमार शर्माले जानकारी दिनुभयो । कारैयामाई गाउँपालिका र वडा नम्बर १ को सयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा बारा क्षेत्र नंबर २ का सांसद राम सहाय यादबको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य सारदा संकर साह, जिल्ला शिक्षा समन्वय ईकाई बाराका अधिकृत अशोक रौनियार, गाँउपालिकाकी उपाध्यक्ष चित्ररेखा चौधरी, गाउँ पालिकाका वडा अध्यक्षहरु, वडा सदस्यहरु, बिद्यालयका प्रध्यानाध्यापक लगायतको सहभागिता रहेको थियो । कार्यक्रम गाँउपालिकाका अध्यक्ष भुनेश्वर धामिको सभाध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस