बारा,३१ भाद्र : रेडियो सिमरा ९१.२मेगाहर्जको आयोजनामा दोस्रो अन्तराष्ट्रिय बिमान स्थल निर्माणको अवस्था, मुअब्जा बितरण र बस्ति ब्यवस्थापन बिषयक जनसरोकार रेडियो बहस कार्यक्रम आज जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ को टांगियाबस्तिमा सम्पन्न भएको छ । । बहस कार्यक्रममा पुर्व युवा तथा खेलकुद मन्त्रि पुरुषोत्तम पौडेल,आयोजना प्रमुख ओम शर्मा,टांगियाबस्ति सरोकार समितीका सल्लहकार पबित्रा कार्की र सरोकारवालाका बिच बहस सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागि टांगियाबस्तिका स्थानियबासिन्दाले सरकारले निर्माण गर्न लागेको बिमानस्थलको आफुहरु बिपक्षमा नरहेको बताएका थिए । उनिहरुले टांगिया बस्तिका जनताको बासस्थान निधारण गर्न आग्रह समेत गरेका थिए । त्यसैगरी कांटघाटका स्थानियले सरकारले तोकेको आफुहरुको नम्बरी जग्गाको मुअब्जा प्रति असहमति रहेकोले नबुझेकोले मुअब्जाको मुअब्जाको दरबढाउन आग्रह समेत गरेका छन ।
कार्यक्रममा बोल्दै पुर्व युवा तथा खेलकुद मन्त्रि पुरुषोत्तम पौडेलले दोस्रो अन्तराष्ट्रिय बिमान स्थल निर्माणको काम अघि बढी सकेको उल्लेख गदै यसलाइ रोक्न बिभिन्न षडयन्त्र भएता पनि बिमान स्थल निर्माणको कामलाई कुनै पनि शक्तिले रोक्न नसक्ने ठोकुवा गर्नु भयो । उहांले बिमान स्थल निर्माणको पहिलो चरणमै टांगियाबस्ति ब्यावस्थापन र अन्य स्थानको जग्गाको मुअब्जा समेत बितरण गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
बिमान स्थल निर्माणको काम कुनैपनि शक्तिले रोक्न नसक्ने पुर्व मन्त्रि पौडेलको ठोकुवा, परीयोजना स्थलको बस्तिको उचित ब्यवस्थापन गरीने आयोजना प्रमुख शर्माको प्रतिबद्धता
त्यसैगरी कार्यक्रममा बोल्दै दोस्रो अन्तराष्ट्रिय बिमान स्थल निर्माण आयोजनाका प्रमुख ओम शर्माले बिमान स्थल निर्माणको क्षेत्रमा घेराबारा सहित काम अघि बढिरहेको जानकारी दिदै टांगिया बस्तिका जनतालाइ आयोजनाले नरुवाने हंसाएर बस्तिका नागरीकको ब्यावस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । उहांले सरकारले मुअब्जा तोकिसकेकोले बुझनका लागि आग्रह समेत गर्नु भयो । रुखकटानको अनुमति आए लगत्तै काम अगाडि बढने स्पष्ट पार्नु भयो ।
कार्यक्रममा टांगियाबस्ति सरोकार समितीकी सल्लाहकार पबित्रा कार्की आफुहरुलाइ सरकारले न घर नघाटको बनाउने हो कि भन्ने भय रहेको चिन्ता ब्यक्त गदै घरबासको पहल गरीदिन आग्रह समेत गर्नु भयो ।
रेडियो सिमराका कार्यकारी निर्देशक मनोज पौडेलले सार्वजनिक सरोकारका बिषयलाइ रेडियोले उठाउदै आएको उल्लेख गदै जनताको चहाना पुरा गराउन सधै लागिरहने दाबि गर्नु भयो ।
अनिल तिवारीको सहजिकरणमा सम्पन्न कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष केदार बजगांई,टागियबस्ति सरोकार समितीका संयोजक रमेस सापकोटा,निजगढ सार्वजनिक सरोकार समितीका संयोजक एक बहादुर श्रेष्ट,कोल्हबि सरोकार समितीका संयोजक ढुण्डिराज उप्रेति,रेडियो सिमराका निर्देशक सत्य श्रेष्ट,आयोजनाका इन्जिनियर बिजय यादब,जितपुर सिमरा उपमहानगरपालिका कार्यपालिका सदस्य सुन्दर सुनार कार्यक्रम समुहका,तुलसा घिमिरे लगाएत सरोकारवाला,स्थानियबासि, बुद्धिजिविको उपस्थिति रहेको थियो । जन सरोकार रेडियो बहस कार्यक्रम तपाईले सोमबार साझ ६.३० बजे र पून प्रसारण मंगलबार बिहान ८ बजे सुन्न सक्नु हुनेछ ।
प्रतिक्रिया दिनुहोस