आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

औराहा स्थित देवआश्रम टोलमा सोमवार बिहान विधुत हाई भोल्टेज

AuthorAP Khabar २०७५ आश्विन १, सोमबार ( ५ साल अघि) ५७६ पाठक संख्या

औराहा २ असोज  : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको औराहा स्थित देवआश्रम टोलमा सोमवार बिहान विधुत हाई भोल्टेजका कारण विभिन्न समानहरु सर्ट भई विग्रेको छ । विधुत हाई भोल्टेजका कारण देवआश्रम टोलमा रहेका करिब १५÷२० ओटा घरका मोटर, पंखा, फ्रिज लगाएतका समाग्रीहरु विग्रेको स्थानिय विष्णु घिमिरेले जानकारी दिनुभएको छ ।
त्यसतै विधुत हाई भोल्टेजका कारण विशेष आर्थिक क्षेत्र सेजमा ठेक्का लिई काम गरीरहेका ठेकेदार दिनेश सरकारको पानी तान्ने मोटर सहित विभिन्न समानहरुमा क्षेती भएको स्थानिय घिमिरेले जानकारी दिनुभयो ।
यता विधुत हाई भोल्टेज भएको जानकारी आफुलाई कसैले नगराएको विद्युत प्राधिकरण सिमराका प्रमुख रोहणी पौडेलले जानकारी दिनुभएको छ । उहाँले कुनै एक क्षेत्रमा भएको क्षेती त्यस क्षेत्रको विद्युत ट्रान्सफरमरमा आएको समस्याका कारण हुन सक्ने भन्दै त्यस क्षेत्रमा के कस्तो भएको बारे जानकारी लिन आफ्नो क्रमचारी पठाउने र समास्याको समाधार गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस