आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चालकहरु आन्दोलित , देशै भर यातायात ठप्प

AuthorAP Khabar २०७५ आश्विन २, मंगलबार ( ५ साल अघि) १०२३ पाठक संख्या
श्याम गुप्ता
बारा , २ असोज : नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले मंगलवार देखी शुरु गरेको आन्दोलनका कारण देशै भर सार्वजनीक यातायात ठप्प भएको छ ।
सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुर मैत्री नभएको भन्दै संघर्षमा उत्रिएको नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आह्वानमा देश भरका सार्वजनिक सवारी चलाउँने चालकहरुले मंगलवारबाट सवारी नचलाउँने घोषणा गरेका हँुन् ।
ऐन संशोधनको माँग राख्दै आन्दोलनमा उत्रिएको समितिले सवारी चालकको माँग पुरा नभए सम्म यातायात नचलाएर सहयोग गर्न देश भरका सवारी चालकहरुसँग आग्रह समेत गरेको छ ।
समितिका केन्द्रिय संयोजक बसन्त शर्माले मंगलवार विहान बाराको सिमराबाट देश भरका चालकहरुलाई सम्बोधन गर्दै सवारी चालकलाई अपराधी सरह व्यवहार गरिएको वर्तमान कानुन सरकारले संशोधन नगरे सम्म आँफूहरुले सवारी नचलाउँने घोषणा गरे ।
नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले मंगलवार देखी शुरु गरेको आन्दोलनका कारण देशै भर सार्वजनीक यातायात ठप्प भएको छ ।  ऐन संशोधनको माँग राख्दै आन्दोलनमा उत्रिएको समितिले सवारी चालकको माँग पुरा नभए सम्म यातायात नचलाएर सहयोग गर्न देश भरका सवारी चालकहरुसँग आग्रह समेत गरेको छ । 
वर्तमान ऐनले सवारी चालकलाई अपराधी बनाएको र जन्म कैद सम्मको फैसला गर्ने व्यवस्था गरेको प्रति असन्तुष्ट रहेको भन्दै संयोजक शर्माले तत्काल उक्त कानुन सच्याउँन माँग समेत गरेका छन् ।
वर्तमान ऐन संशोधन नभए सम्म संघर्ष जारी रहँने भन्दै समितिका सह–संयोजक अर्जुन अधिकारीले सवारी चालकलाई अपराधी सरह व्यवहार गरिएको कानुन संसोधन नभए चालक अनुमती–पत्र सरकारलाई बुझाएर पेशा परिवर्तन गर्नु पर्ने अवस्था आएको बताए ।
समितिका सह–संयोजक अधिकारीले आन्दोलनका क्रममा गाडी चलाउँनेहरुलाई कँुनै अवरोध नगरिने भन्दै आँफूहरुको आन्दोलन आफ्नैं लागि भएकाले सोचेर कदम चाल्न चालकहरुलाई आग्रह गरे ।
आन्दोलनका नाममा सडकमा उत्रने तथा जर्वजस्ती सवारी बन्द गर्न लगाउँने आँफूहरुको कार्यक्रम नरहेको पनि अधिकारीले स्पष्ट पारे ।
मंगलवार विहान बाराको सिमरामा भेला भएका सयौं सवारी चालकहरुले सरकारले कानुन संसोधनको माँग पुरा नगरे सम्म आँफूहरु गाडीको स्टेरिङ्गमा नबस्ने घोषणा गर्दै सरकारको विरोध गरेका थिए । सवारी चालकहरुले सवारी थन्काएर आन्दोलन शुरु गरे पछि मंगलवार विहानैंबाट बारा , पर्सा , रौतहट लगायतका स्थानमा सार्वजनिक सवारी चलेका छैनन् । सार्वजनिक सवारी नचल्दा सडक सुनसान भएको छ ।

प्रतिक्रिया दिनुहोस