आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए अग्रिम टिकट नखोल्ने व्यवसायीको चेतावनी

AuthorAP Khabar २०७५ आश्विन २, मंगलबार ( ५ साल अघि) ५५३ पाठक संख्या

काठमाडौं, २  असोज : नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा पछिल्लो पटक गरिएको मूल्यवृद्धि फिर्ता नलिए दशैंको बेला अग्रिम टिकट बुकिङ नगर्ने चेतावनी दिएको छ ।

नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको थियो । व्यावसायीले मूल्यवृद्धि फिर्ता लिन निगमलाई ४८ घण्टे अल्टिमेटम दिएको छ ।

‘यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघको सहमतिपछि महासंघले उपभोक्ताको हितलाई मध्यनजर गर्दै असोज ५ गतेदेखि विगतमा झै दशैको लागि अग्रिम टिकट बुकिङ गर्ने तयारी गरिरहेको थियो’ महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ,‘ तर त्यहीबेला पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको छ । सरकारले मूल्यवृद्धि फिर्ता लिएर हिन्दूहरुको महानचाड दशैमा यात्रुहरुलाई सहज रुपमा आवतजावत गर्ने वातावरण बनाओस् ।’ ( जनता समाचार)

प्रतिक्रिया दिनुहोस