आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४ को आय ब्यय सार्वजनिक

AuthorAP Khabar २०७५ आश्विन ३, बुधबार ( ५ साल अघि) ६७५ पाठक संख्या

सिमरा, ३ असोज  : नव दुर्गा युवा क्लबले प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४ को आय ब्यय सार्वजनिक गरेको छ । बुधवार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक क्लबले महोत्सवको आय ब्यय सार्वजनिक गर्दै २ लाख भन्दा बढि बचत भएको जनाएको छ ।
पत्रकार सम्मेलनमा आय व्यय सार्वजनीक गर्दे मुल आयोजक समारोह समितिका सविच शैलेस अर्यालले महोत्सवमा ३९ लाख ९० हजार ४ सय ९४ रुपैया आम्दानी तथा ३७ लाख ७९ हजार ४ सय ९४ रुपैया खर्च भएको जानकारी दिनुभयो । उहाँले महोत्सवबाट २ लाख ११ हजार रुपैया बचत भएको समेत बताउनुभयो ।

नव दुर्गा युवा क्लबले गरेको प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सवबाट २ लाख ११ हजार रुपैया बचत भएको सार्वजनिक  ।

यता मुल आयोजक समारोह समितिका संयोजक हरि चौधरीले सबैको साथ र सहयोगले मेला सफल भएको भन्दै धन्यवाद दिनुभयो । सल्लाहकार समितिका संयोजक दिनेश राईले यस्ता किशिमका मेला महोत्सवले पर्यटन प्रवद्र्धन हुने बताउनुभयो ।
मुल आयोजक समारोह समितिका संयोजक हरि चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुल आयोजक समारोह समितकिा सदस्यहरु अमृतलाल श्रेष्ठ, मिन प्रसाद आपागाई, छविलाला शर्मा, गिता कडेल, कमला घिमिरे, राधादेवि शाह, रबिन्द्र खकुरेल, औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महत, मुल आयोजक समारोह समितिका सह–संयोजक आरिफ हुसेन, युवा संघ नेपालका हिरा बस्नेत, गौरभ नेपाल लगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मलेनमा सञ्चार संयोजक प्रदिप गौतमले सहजिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस