आज:  २०८२ माघ ४, शनिबार | Sat, 17, Jan, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

घांटि रेतेर हत्या गर्ने प्रयास

AuthorAP Khabar २०७५ आश्विन ७, आईतबार ( ७ साल अघि) १०६५ पाठक संख्या

जनकपुरधाम,असोज ७, प्रमोद कुमार साह : धनुषामा एक व्यक्तिको घांटी रेटेर विभत्सरुपमा हत्या गर्ने प्रयास गरिएको छ । धनुषाको कमला नगरपालिका वार्ड नं ३ माचि मंगराहा वस्ने गरबा सादाका पुत्र ३० वर्षिय शिव कुमार सादाको घांटी काटेर हत्या गर्ने प्रयास गरिएको हो ।

धनुषामा एक व्यक्तिको घांटी रेटेर विभत्सरुपमा हत्या गर्ने प्रयास

घांटी काटिएर गम्भीर घाइते भएपछि सादालाई जनकपुरधाम अंचल अस्पतालमा भर्ना गरिएको थियो तर उपचार सम्भव नभएपछि सादालाई प्लेन मार्फत काठमाण्डौको टिचिंग अस्प्तालमा भर्ना गरिएको धनुषा प्रहरीले जनाएको छ । सादाको अढाई इन्च जति घाटि काटिएको र अवस्था गम्भीर रहेको चिकित्सकहरुले वताएका छन ।यता घटना कहां कसरी र घटना घटाउने अहिले सम्म अज्ञात रहेको र घटनाको छानवीन भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस