आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कलैयामा एक महिलाको घाँटी रेटी हत्या

AuthorAP Khabar २०७५ आश्विन ७, आईतबार ( ५ साल अघि) ५२३ पाठक संख्या

कलैया : बाराको कलैया उपमाहानगरपालीकामा एक महिलाको घाँटी रेटी हत्या भएको छ ।
उपमहानगरपालिकाको वडा नम्बर १३, बलिरामपुरकी ४५ वर्षीय सियापति धोबिनको घाटी रेटी हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार साँझ घास काट्न गएकी महिला राति अवेरसम्म घर नफर्केपछि परीवारलाई प्रहरीमा खबर गरेका थिए ।

कलैयामा एक महिलाको घाँटी रेटी हत्या

सुचना पाएलगत्तै खोजतलासका क्रममा आज बिहान गाउँ नजिकैको उखु बारीमा घाटी रेटी हत्या गरिएको अवस्थामा उनको शव फेला परेको बाराकी प्रहरी प्रमुख, प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिइन् ।
शव पोश्टमार्टमका लागी जिल्ला अस्पताल कलैयामा राखीएको र घटनाबारे थप अनुशन्धान भैरहेको प्रहरी उपरीक्षक चौधरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस