आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या दोब्बर बृद्धि

AuthorAP Khabar २०७५ आश्विन ७, आईतबार ( ५ साल अघि) ६५५ पाठक संख्या

बारा, ७ असोज  : पर्सा राष्ट्रिय निकुञ्जमा पाटे बाधको संख्यामा दोबरले बृद्धि भएको छ । आईतवार पर्सा राष्ट्रिय निकुञ्जको कार्यालय आधाभारले पत्रकार सम्मेलनको आयोजना गर्दै यस वर्ष भएको बाघ गणनामा बाघको संख्या दोबरले बृद्धि भएको जनाएको हो ।
नेपालमा प्रतेक चार÷चार वर्षमा राष्ट्रिय बाघ सर्वेक्षण हुने गरेको छ । २०७४ मंसिर १४ गतेबाट शुरु भएको बाघ सर्वेक्षणले पर्सा राष्ट्रिय निकुञ्जमा सन् २०१३ भन्दा २०१८ मा बाघको संख्यामा दोबर भन्दा बढिले बृद्वि भएको देखाएको छ । सन् २०१३ मा पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ७ मात्र रहेको र सो अहिले बढेर १८ पुगेको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनुभएको छ ।
निकुञ्जमा बाघ संख्या दोब्बर भन्दा बढि हुनुका कारण बास स्थानको उचित ब्यवस्थापन, निकुञ्ज भित्रका मानव वस्तिहरु बाहिर स्थानान्तरण, उपयूक्त सुरक्षा प्रबन्ध रहेको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यको भनाई छ ।
नेपालमा बाघको बास स्थान खास गरी ५ ओटा राष्ट्रिय निकुञ्जहरु (पर्सा, चितवन, बर्दिया, बाकेँ र सुक्लाफाँटा) र यसको वरिपरिको क्षेत्रमा क्यामरा राखि सर्वेक्षण गरीएको थियो । यस बिधिमा बाघ पाइने क्षेत्रलाई प्रत्येक ग्रिडमा एक जोडि स्वचालित अत्याधुनिक क्यामरा राखि दुई हप्ता सम्म फोटो खिचिएको थियो । नेपालले २०२२ सम्ममा बाघको संख्या २ सय ५० पु¥याउने लक्ष्य राखेकोमा हाल नेपाल भरी २ सय ३५ पुगेको र तोकिएकै समयमा लक्षय प्राप्ती हुने पर्सा राष्ट्रिय निकुञ्ज आधाभार कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस