निजगढ, ८ असोज : नेपाल फोटो पत्रकार महासंघ बारा शाखाको प्रथम अधिवेशन सोमबार सम्पन्न भएको छ ।
अधिवेशनले जीतलाल श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय कार्यसमितिलाई निरन्तरता दिने निर्णय गरेको छ । समितिको उपाध्यक्षमा दिवाकर भण्डारी, सचिव श्याम गुप्ता, कोषाध्यक्ष फैजुल्लाह आलम रहेका छन्
यसैगरी समितिको सदस्यमा गोकुल घोरसाईने, रेशम तिवारी, लक्ष्मी साह, सिकेन्द्र पासवान र प्रकाश लम्साल रहेका छन् । अधिवेशनले गुरुप्रसाद गौतम, भोजराज भट्टराई, कमलकुमार उपाध्याय, गम्भिरा सहनी र सत्यप्रकाश श्रेष्ठलाई सल्लाहकारमा मनोनयन गर्ने निर्णय गरेको छ ।
यसअघि अधिवेशको उद्घाटन बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई र नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय अध्यक्ष ध्रुव आलेले गरेका थिए । अधिवेशनको उद्घाटन गर्दै प्रजिअ भट्टराईले प्रशासन र सञ्चारकर्मीको सहकार्यमा समाजमा सुशासन कायम गर्न सकिने बताए ।
फोटो पत्रकार महासंघ बारा शाखाको प्रथम अधिवेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ पुनः सर्वसम्मत
राष्ट्रिय गौरवका आयोजनासंगै बारामा विभिन्न एतिहासिक स्थलहरु रहेकाले जिल्लामा फोटोपत्रकारिताको सम्भावना रहेको भट्टराईको भनाई थियो । कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय अध्यक्ष आलेले फोटोपत्रकारिताको बिकासका लागि निजगढलाई केन्द्र बनाएर अघि बढ्ने योजना रहेको बताए ।
निजगढमा फोटोपत्रकारिताको प्रशिक्षण केन्द्र स्थापना गर्ने योजना रहेको भन्दै आलेले त्यसका लागि सहयोग गर्न स्थानिय सरोकारवाला निकायलाई आग्रह गरे । कार्यक्रममा निजगढ उपमहानगरकी उपप्रमुख लिलादेवी लामिछाने खनालले फोटो पत्रकार महासंघको प्रशिक्षण केन्द्र निर्माण गर्न आवश्यक जग्गा उपलब्ध गराउन नगरपालिका सकारात्मक रहेको बताईन् ।
कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय महासचिव हरी रेग्मी, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का सचिव गुरुप्रसाद गौतम, प्रदेश सदस्य सिकेन्द्र पासवान, प्रदेश सदस्य भोजराज भट्टराई, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष कमलकुमार उपाध्याय, राष्ट्रिय अनुसन्धान बाराका प्रमुख बिमल घिमिरे, पत्रकार प्रकाश लम्साल, सुनिल गाउले, बसन्त खतिवडा, पुष्पराज खतिवडा, महेश्वर अधिकारीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यलयकी प्रमुख किरण बज्राचार्य, सशस्त्र प्रहरी उपरिक्षक बलराम पोखरेल, नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठ, केन्द्रीय कोषाध्यक्ष रत्न श्रेष्ठ, पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष लक्ष्मी साह, गोकुल घोरसाईने, रेशम तिवारीलगायत विभिन्न संचार संगठनका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।
कार्यक्रममा फोटोपत्रकार फैजुल्लाह आलमलाई नगर पाच हजारसहित सम्मान गरिएको थियो । पक्षघात भई अस्वस्थ रहेका आलमलाई महासंघको केन्द्रीय कार्यालयले समेत १० हजार नगदले सम्मान गर्ने भएको छ । यसैबीच निजगढ नगरपालिकाकी उपप्रमुख लामिछाने खनालले नवनिर्वाचित पधाधिकारीलाई खादा ओढाई बधाई ज्ञापन गरेकी छिन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले महासंघको भवन निर्माणका लागि आफ्नो बुवाआमाको सम्मानमा एक लाख एक हजार नगद सहयोग गर्ने घोषणा गरेका छन् । अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भण्डारीले गरेका थिए भने स्वागत मन्तब्य श्याम गुप्ताले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस