आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रहरीद्वारा विद्यार्थीहरुसंग अन्तरकृया

AuthorAP Khabar २०७५ आश्विन ९, मंगलबार ( ५ साल अघि) ५३९ पाठक संख्या

बिदुर खडका,
डुमरवाना, ८ असोज
ईलाका प्रहरी कार्यलय सिमराले “टोल टोलमा प्रहरी” भन्ने नाराका साथ डुमरवानाका राष्ट्रिय बिभुति सामुदायीक शिषा सदन र सानाकिसान शिक्षा सदनका विद्यार्थीहरुसंग अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।
ईलाका प्रहरी कार्यलय सिमराको महिला सेलका प्रहरिहरुले सो कार्यक्रम गरेका हुन् । अन्तकृया कार्यक्रममा दुबै विद्यालयका थरी करिब १५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

छात्राहरुले विद्यालय आउने जाने क्रममा बिभिन्न तत्वहरुबाट अदृश्य रुपमा हिन्साको सिकार हुने गरेको कुराप्रति चिन्ता ब्यक्त गरेका थिए ।

अंन्तरकृयमा बिषेश गरि बालबालिकाले अपनाउन पर्ने सुरक्षा, साईबर क्राइम, बिभिन्न प्रकारका हिंसाहरुको समाधानको बिषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा प्ररहीले समाजमा हुने बिकृति र बिकृतिको घटनाहरुको बारेमा प्रहरिलाई सुचना दिएर सहयोग गरिदिन सहभागिहरुलाई आग्रह गर्नुभएको थियो ।
अन्तरकृयामा सहभागि छात्राहरुले विद्यालय आउने जाने क्रममा बिभिन्न तत्वहरुबाट अदृश्य रुपमा हिन्साको सिकार हुने गरेको कुराप्रति चिन्ता ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस