आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनता आवास कार्यक्रम पर्सा जिल्लामा असफल

AuthorAP Khabar २०७५ आश्विन ९, मंगलबार ( ५ साल अघि) ६३१ पाठक संख्या

पर्सा, ७ असोज । नेपाल सरकारले ल्याएको जनता आवास कार्यक्रम पर्सा जिल्लामा असफल साबित भएको छ । जनता अवास कार्यक्रम असफल भएका कारण पीडित जनताहरु घर न घाटका बनेका छन् नेपाल सरकारले गरिब, दलित मुस्लिम, बिपन्न परिवारहरुलाई शौचालय सहित दुई कोठे घर एकहजार परिवारलाई बनाउने जनता अवास कार्यक्रमको नीति लागू गरे अनुसार ५ वटा क्षेत्रका सांसदहरुले दुईसयको दरले भागबण्डा लगाएको थियोे । सो अनुसार ०७३÷०७४ मा शहरी बिकास भवण डिभिजन कार्यालयले जिम्मा लिएको थियोे ।

०७४ को असाढ मसान्त सम्म सौचालय समेतको भवन बनाएर दिने जिम्मा पाएको थियो । तर, दुई आर्थिक वर्ष बिति सकदा पनि अहिले सम्म जनता अवासको भवन बन्न सकेको छैन । भवन नबन्दा पीडित जनताहरु अलपत्र परेका छन् ।

नेपाल सरकारले ल्याएको जनता आवास कार्यक्रम पर्सा जिल्लामा असफल साबित भएको छ । दुई आर्थिक वर्ष बिति सकदा पनि अहिले सम्म जनता अवासको भवन बन्न सकेको छैन । भवन नबन्दा पीडित जनताहरु अलपत्र परेका छन् ।

शहरी बिकास भवन कार्यालयले गाउं गाउंमा उपभोक्ता समिति गठन गरि आफना मान्छेलाई अध्यक्ष बनाएर काम गराएको र शौचालय समेत जनता अवास निर्माण कार्यमा व्यापक अनियमितता गरि अहिले पनि अधुरै राखी दलित परिवारहरुलाई अलपत्र बनाएका छन् । नेपाल सरकारले २ लाख १४ हजार शौचालय समेतको भवन बनाउनको लागि सहरी बिकास भवनको जिम्मा लगाएको थियोे । तर, अहिले सम्म १ लाख ९२ हजार शहरी बिकास भवनका कर्मचारी र उपभोक्ता समितिले खर्च गरिसकेको र अहिले सम्म दुई वटा कोठा पनि बन्न नसकेको पटेर्वा सुगौली गाउंपालिका वडा नं ५ निचुटा, मनिवर्वा, मोरटोल, वडा नं।१ सोनवर्षा जगरनाथपुर गाउंपालिका लगायत ग्रामिण क्षेत्रका धेरै स्थानमा जनता आवास कार्यक्रमबाट पीडित बनेका छन् । जगरनाथपुर गाउंपालिका वडा नं–२ जानकीटोलामा १९ र दसौतामा २१ घरपरिवार गरि ४० वटा जनता अवास कार्यक्रम रहेकोमा जानकिटोलाका डोम बस्तीका मुकेश राउत डोमले बताए ।

मुकेश डोमले भने, ‘बेकारमा भवनको चक्करमा परेर मेरो फुस को घर पनि गुमाउनु प¥यो । उको फुसको घर भत्काएको जग्गामा जनता अवासको पक्की भवन बनाउनको लागि घर तोडफोड गरिएको थियो । उपभोक्ता समिति र शहरी बिकास भवन कार्यालय बिरगंजले भवन बनाउदा बनाउदै अहिले सम्म अधुरै राखेका कारण मुकेशको परिवार घरको न घाटको भएको छ । घरको अगाडि छाप्रो बनाएर आश्रय लिएर बसेको उनले बताए ।

जनता अवास भवन बनाउने क्रममा मूकेशको परिवारले ६५ हजार नगद लगाएर भवन बनाउनमा लागे । सबै परिवार मिलि दिनरात खटेर लेबर मिश्त्रीको काम र नगद समेत दिएको बताए । उपभोक्ता समितिले आफनो तर्फबाट सिमेन्ट बालुवा, डन्डी र ईट्टा मात्रै लगाएको उनीहरुको भनाई छ । उपभोक्ता समितिसंग अधुरो भवनको बारेमा कुरा गर्दा जति १ लाख ९२ हजार खर्च भईसकेको प्रतिक्रिया दिए ।

आवास नबन्दा बर्षायाममा पानी पर्दा आफनो परिवारलाई छोडेर छाप्रोमा बसी भगवानलाई गुहार्नु परिरहेको बताए । जनता अवास कार्यक्रमबाट पीडितहरुले स्थानीय तह गाउंपालिकाको, कार्यालय शहरी बिकास भवन, सिडियो कार्यालय समेतमा पुगेर गुनासो गरेपनि अहिले सम्म कुनै सुनुवाई नभएको दलितहरु गुनासो छ ।(कृपा दैनिक)

प्रतिक्रिया दिनुहोस