आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एसिड आक्रमणमा परि मृत्युभएकी दास परिवारलाई प्रदेश सरकारको थप ३ लाख राहत

AuthorAP Khabar २०७५ आश्विन ९, मंगलबार ( ५ साल अघि) ७५६ पाठक संख्या

जनकपुरधाम , असोज ९ : एसिड आक्रमणमा परी गम्भीर भएकी रौतहट चन्द्रनिगाहपुरकी १८ वर्षीया सम्झना दासको निधन प्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले पीडित परिवारलाई थप ३ लाख राहत दिने घोषणा गरेको छ ।

एसिड आक्रमणमा परि मृत्युभएकी दास परिवारलाई प्रदेश सरकारको थप ३ लाख राहत

प्रदेश नं. २का मुख्यमन्त्री लालबाबु राउतले आज आफनो अभिव्यक्ति सार्वजनिक गर्दै उपचाररत मृतककी बहिनी सुस्मीता दासको उपचार र मृतकको राहत स्वरुप बेटी बचाउ बेटी पढाउ योजना बाट उक्त रकम दिने घोषणा गर्नु भएको हो । उहाँले एसिड आक्रमणबाट गम्भीर दिदी बहिनीको उपचारको लागि यस अघि नै प्रदेश सरकारले १ लाख दिने निर्णय गरि सकेको जनाउदै सम्झना जीवन रक्षा गर्न नसकिए प्रति दुःख समेत व्यक्त गर्नु भएको हो ।

साथै उपचारत १५ वर्षीया सुस्मीता दासको उपचारका लागि प्रदेश सरकार कटिबद्ध रहेको समेत जनाउनु भएको हो । यसैबीच मुख्यमन्त्री राउतले उक्त एसिड आक्रमणको छानवीन गरी दोषी उपर कारवाही गर्न तथा भविष्यमा यस्ता घटना दोहरीन नदिन आवश्यक उपाय तथा कानूनी राय सहित लिखित प्रतिवेदन १५ दिन भित्र पेश गर्न मुख्यन्यायाधिवक्ता दिपेन्द्र झालाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस