आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न आदेश

AuthorAP Khabar २०७५ आश्विन ९, मंगलबार ( ५ साल अघि) ५११ पाठक संख्या

रौतहट,९ असोज : रौतहटको लाल बकैया नदीमा भदौ ९ गते डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको मुद्दामा अनुसन्धानका लागि पप्पु कन्सन्ट्रक्सनका प्रमुख सुमित रौनियारलाई बोलाइएकोमा रौनियार अनुपस्थित भएपछि जिल्ला अदालत रौतहटले पक्राउ पूर्जी जारी गरेको छ ।
जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय रौतहटमा पुगेको छ । रौनियार संधिय समाजबादी फोरमको तर्फबाट प्रतिनिधी सभामा पर्साबाट निर्वाचित सांसद हरीनारायण रौनियारका छोरा हुन । यस अघि हरीनारायण सो कन्सन्ट्रक्सनका प्रमुख रहेका थिए ।

भदौ ९ गते टिकुलियामा रहेको लाल बकैया नदीमा २९ जना सवार डुङ्गा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । निर्माधाीन पुलको पिल्लरमा ठोक्किएर डुङ्गा फुट्दा दुर्घटना भएको र समयमै पुल निर्माणको काम नसक्ने कम्पनी दोषी भएका भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए ।

निर्माण कम्पनीको चरम लापरवाहीका कारण स्थानियले अकालमै ज्यान गुमाउनु परेपछि लापरवाही गर्ने पप्पु कन्सन्ट्रक्सन विरुद्ध मुद्दा दायर गरीएको थियो । २०७४ अषाढ सम्ममा निर्माण सम्पन्न हुनु पर्ने पुलको ५० प्रतिशत पनि काम भएको छैन । पाँच वटा पिल्लर बाहेक अरु कुनै पनि संरचना बनेको छैन । २०७१ साल कार्तिक २९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गौर नगरपालिका–४ टिकुलिया घाटस्थित लाल बकैया नदीमा पक्की पुलको शिलान्यास गरेका थिए । २२५ मिटर लामो पुल १६ करोड ८६ लाखको लागतमा निर्माण हुने तय गरिएको थियो । पप्पु कन्सन्ट्रक्सनले सबै भन्दा बढी पुलको ठेक्का पाउनेमा पर्छ । उसले ३१ वटा पुलको ठेक्का पाएको छ तर १५ वटा पुलको निर्माण समयमा पुरा गरेको छैन ।
मुलुक भरमा पप्पुले ३१ वटा पुल बनाउन ५ अर्वको ठेक्का लिएको छ । यसमा बिवादित पप्पुले चिनिया कम्पनीसंग मिलेर राष्ट्र बैकको भवन निर्माण ठेक्का हात पार्न लागेको छ । भौतिक पुर्वाधार तथा यातयात मन्त्रालयले पप्पुले ठेक्का लिएका पुलको अवस्था छानबिन गर्न समिती बनाएकोमा समितीले प्रतिबेदन बुझाएको र प्रतिबेदनका आधारमा कार्यवाही हुने भौतिक मन्त्रालयका सचिब मधुसुदन अधिकारीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस