सिमरा, १० असोज
जिल्ला ट्राफिक प्रहरी कार्यलय बारा र ईलाका प्रहरी कार्यलय सिमराको संयुक्ता रुपमा सुर्य नेपाल प्रा.ली मा कार्यरत सवारी चालकहरुलाई ट्राफिक नियम सम्बन्धि एक दिने सचेतना तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
पछिलो समय बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यलय बाराले संचालन गरेको अभियानको रुपमा बुधवार बाराको जितपुरसिमरा उपमहानगरपालिकामा अवस्थित सुर्य नेपाल प्रालिमा कार्यरत चालकहरुको लागि सो कार्यक्रमको आयोजना गरीएको हो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यलय बाराका प्रमुख ट्राफिक प्रहरी निरिक्षक विकास बमले चालकहरुलाई विभिन्न ट्राफिक सांकेतिक चिन्हका साथै नियमको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले तालिममा सहभागि चालकहरुलाई सडक अनुशासन, रात्रीको समयमा मादक सेवन गरी सवारी चलाउदा हुने दुर्घटना र दुर्घटना पश्चात तत्काल गर्न सकिने प्रथमीक उपचारक बारेमा चालकहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
यसैगरी कार्यक्रयमा ईलाका प्रहरी कार्यलय सिमराका प्रमुख प्रहरी निरिक्षक सुवाश हमालले साईबर क्राईमको बारेमा बताउनुभएको थियो । उहाँले पछिलो समय समाजिक सञ्चाल संग संगै अन्य तरीकाबाट हुने गरेको साईबर क्राईमको बारेमा सुसुशित गराउनु भएको थियो ।
सचेतना तालिम कार्यक्रममा सुर्य नेपालका प्रतिनिधी यज्ञबहादुर आले ५५ जना चालकहरुका सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस