आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

डान्डीया डिजे कार्यक्रमको तयारी तिव्र रुपमा हुदै

AuthorAP Khabar २०७५ आश्विन १०, बुधबार ( ५ साल अघि) ४५८ पाठक संख्या

तिवारी यादव

वीरगंज,१० असोज : अक्टोबर पहिलो सातामा हुने डान्डीया डिजे कार्यक्रमको तयारी तिव्र रुपमा हुन थालेको आयोजक संस्थाले जनाएका छन । वीरगञ्जका लायन्स क्लब अफ वीरगञ्ज गोल्डेन स्पारोव,लायन्स क्लब अफ वीरगञ्ज ग्रीन क्याम्पस ,लियो क्लब अफ वीरगञ्ज, लियो क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटि र लियो क्लब अफ जितपुर सिमरा लगायतका समाजजिक संस्था मिलेर वीरगञ्जको नगरसभा गृहमा अक्टोबर ६ मा आयोजना गरेका छन ।

विगत दुई बर्ष देखि नेपालीहरुको महान चार्डपर्व दशैको अवसरमा डान्डीया डिजे कार्यक्रम वीरगञ्जमा पनि हुदै आएको आयोजक संस्थाले बताएका छन। डिजे कार्यक्रममा लगभग ३ लाख बराबरको लगानी रहेको वीरगञ्जका लायन्स क्लब अफ वीरगञ्ज लायन्स गोल्डेल स्पारोवका अध्यक्ष आरती बिकाश चौधरीले जानकारी दिईन । प्रबेशको लागी ५ सयको टिकटको व्यवस्था गरीएको छ, कार्यक्रममा प्रबेश गर्नेको लागी १० बर्ष सम्मको बालबालिकाहरुको लागी प्रबेश निशुल्क गरीएको लियो क्लब अफ वीरगञ्जका पुर्व अध्यक्ष लियो दिपेन्द्र यादवले बताए ।

वीरगञ्ज जस्तो ठाँउमा विगत २ बर्ष पहिले देखि सुरुवात भएको छ । यसलाई सक्दो निरन्तरता दिने प्रयास हुने पुर्व अध्यक्ष यादवले बताए ।यस प्रकारका कार्यक्रम वीरगञ्ज जस्तो ठाँउमा न्युन मात्रमा हुने गरेको छ , वीरगञ्जका स्थानीयबासी ,क्लबका लायन , लियोहरुको सहयोग , माया , प्रेमले भव्यका सफल हुन्छ भन्ने बिश्वास लिएको लियो क्लब अफ वीरगञ्जका पुर्व अध्यक्ष यादवले बताए ।

प्रतिक्रिया दिनुहोस