आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटको श्रीपूरमा हवाईफायर

AuthorAP Khabar २०७५ आश्विन १०, बुधबार ( ५ साल अघि) ५४४ पाठक संख्या

रौतहट । रौतहटको श्रीपूरमा हवाईफायर भएको छ । एसिड प्रहारबाट घाइते सम्झना दासको मृत्यु भएपछि उनको शव जलाउने बिषयलाई लिएर दुई पक्षबीच भडप भएको हो । स्थिति तनावग्रस्त भएपछि नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ राउण्ड हवाईफायर र अश्रुग्यास प्रहार गरेकाे  छ ।

अहिले गरुडा नगरपालिका वडा नं. ९ स्थित गाँज खोलमा सम्झनाको अन्येष्टि भईरहेको छ भने स्थिती समान्य अवस्थामा आईसकेको छ ।

चन्द्रपुर नगरपालिका ६ का जादोलाल दासकी दुई छोरीमाथि भदौ २७ गते मध्यरातमा घरमै सुतिरहेका बेला एसिड आक्रमण भएको थियो । ढोका फुटालेर घरभित्र प्रवेश गरेका छिमेकी रामबाबु पासवानले तेजाब छ्यापेर भागेका थिए । ५० वर्षीय रामबाबुले आफ्नो प्रेमसम्बनध नस्वीकारेको भन्दै सम्झनालाई एसिड खन्याएका थिए । (जनता समाचार)

प्रतिक्रिया दिनुहोस