आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सीमा विवादमा निजगढ र कोल्हवी नगरपालिका

AuthorAP Khabar २०७५ आश्विन ११, बिहिबार ( ५ साल अघि) ११२२ पाठक संख्या

निजगढ, १० असोज :  नगरको सिमा र बकैया खोलामा बालुवा ढुङ्गा ठेक्का लगाउने विषयमा निजगढ र कोल्हवी नगरपालिकाबीच देखिएको विवाद हल गर्न बुधबार बसेका नगर प्रमुख सहित जनप्रतिनिधिहरुको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । लामो समयदेखि जारी सिमा विवाद समाधानको उपाय खोज्ने उद्देश्यले निजगढ नगरपालिकाले आयोजना गरेको बैठकमा दुबै पक्षले आफनो पुर्ववत अडान कायम राखेपछि बैठक निष्कर्षमा नपुगी सकिएको हो।

कोल्हवी नगरपालिका प्रमुख भरतबहादुर भण्डारीले ०५७ सालमा पुनारावेदन अदालत हेटौडाले गरेको फैसला र नेपाल सरकारको नापी विभागबाट प्रकाशित नक्साबाट समेत बकैया खोला कोल्हवी नगरपालिकामा पर्ने देखिएकोले हाल पनि सोही अनुसार ठेक्का बन्दोबस्त हुनुपर्ने माग गरेका थिए । निजगढ नगरप्रमुख प्रमुख खनालले भने परम्पारगत भोगचलको हिसाबले बकैया खोला निजगढको अधिनमा रहेको र अदालतको फैसाला र आधिकारिक भनिएका नक्सा समेत त्रुटीपुर्ण रहेको जिकीर गर्ननहुने बताए ।

प्रमुख खनालले निजगढ नगरले आर्थिक बर्ष ०७४÷०७५ को लागि बालुवा ढुङ्गाको ठेक्का लगाइसकेपछि अहिलेको विवाद सान्दर्भिक नभएको र आगामी बर्षदेखि दुबै नगरको सहमतिमा ठेक्का लगाउने गरी सहमति गर्न प्रस्ताव गर्नु भएको थियो ।

पुर्वपश्चिम राजमार्गको बकैया पुलबाट दक्षिणमा बकैया खोलाको पश्चिममा आधा भाग दावी गर्दै कोल्हवीले बालुवा ढुङ्गा ठेक्काको लागि आह्वान गरेको बोलपत्र आह्वान सकार हुने प्रकृयामा छ भने निजगढले आह्वान गरेको बोलपत्रमा एक साताअघि ७ करोड ७७ लाख ७७ हजार ७७ रुपैयामा ठेक्का लागेको थियो ।

कोल्हबी प्रमुख भण्डारीले छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको तर कुनै ठोस निर्णयमा पुग्न नसकिएको जानकारी दिनुभयो । निजगढ नगरपालिका प्रमुख खनालले भने फेरि अर्को बैठक बस्ने समझदारीमा छलफल टुङ्गिएको बताए । छलफलमा निजगढ नगरकी उपमेयर लिलादेवी लामिछाने सहित दुबै नगरपालिकाका कार्यपालिका सदस्यहरुको पनि सहभागिता रहको थियो । (कृपा दैनिक)

 

प्रतिक्रिया दिनुहोस