आज:  २०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बढ्दो महिला हिंसा, हत्या र बलात्कार विरुधमा निजगढमा प्रदर्शन

AuthorAP Khabar २०७५ आश्विन ११, बिहिबार ( ६ साल अघि) ५७६ पाठक संख्या

मनिता पाण्डे
निजगढ, ११ असोज  : बढ्दो महिला हिंसा, हत्या र बलात्कार विरुधमा बिहीबार निजगढमा प्रदर्शन गरिएकोछ । निजगढ स्थित विद्यासागर अङ्ग्रेजी माविका विद्यार्थीहरुले हाल नेपालमा बढ्दै गएको महिला हिंसा, हत्या र बलात्कारको विरुध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनको क्रमममा विद्यार्थीहरुले विरोध ¥याली निकालेका थिए । विद्यासागर अङ्ग्रेजी माविका विद्यार्थीहरुद्वारा आयोजित ¥याली विद्यालयबाट शुरु भएर निजगढको पुर्वी लच्का देखि बुद्ध चोक हुँदै सहिद चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
¥यालीमा देशभरी घटिरहेको महिला हिंसा, हत्या र बलात्कारका दोषीहरुलाई कारवाही गरि पिडित पक्षलाई न्याय दिएर दोषीलाई कारवाही गर्न माग गरिएको थियो । विद्यार्थीहरुले महिला हिंसाका दोषीहरुलाई कारवाही गर्नुपर्ने माग गर्दै महिला हिंसा रोक्नुपर्ने राज्यको ध्यान जान जरुरी रहेको बताएका थिए । देशभर भइरहेको महिला हिंसा रोक्न राज्यले आवश्यक कदम चाल्नुपर्ने माग राख्दै सचेत गराउनका लागी विरोध ¥याली निकालिएको विद्यार्थी अन्जली गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस