आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुर्घटनामा एकको मृत्यु एक घाईते

AuthorAP Khabar २०७५ आश्विन ११, बिहिबार ( ५ साल अघि) ५४२ पाठक संख्या
जितपुर, ११ असोज : बाराको जितपुरसिमरा उपमहानगरपालिका ७ जितपुरमा भएको दुर्घटनमा एकको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छने ।
बिहिवार जितपुर स्थित जैसवाल होटल अगाडी भएको दुर्घटनामा जितपुरसिमरा उपमहानगरपालिका १ बस्ने करिब १२ वर्षका प्रविण प्रसाईको मृत्यु भएको छ भने उनका माईजु कविता प्रसाई गम्भीर घाईते भएकी छिन् ।
प्रविण र उनका माईजु जितपुरबाट पथलैया फर्कने क्रममा दुर्घटना भएको ईलाका प्रहरी कार्यलय सिमराले जनाएको छ । जितपुरबाट पथलैया जाने क्रममा ना  ४३ प ५७२४ नम्बरको स्कुटिलाई विरगंजबाट पथलैयातिर जादै गरेको ना ४ ख १०९८ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनामा प्रविणको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरिक्षक सुवास हमालले जानकारी दिनुभएको छ । प्रहरीले ठक्कर दिने ट्रकका चालक, ट्रक र स्कुटिलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस