आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश कमिटीमा माधव नेपाल समूहको आपत्ति

AuthorAP Khabar २०७५ आश्विन १२, शुक्रबार ( ५ साल अघि) ४७५ पाठक संख्या

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेपाल माधवकुमार नेपाल पक्षधरले प्रदेश कमिटी गठनमा असन्तुष्टि जनाएको छ । समझविपरीत प्रदेश कमिटी तोकिएको भन्दै सचिवालय निर्णय नमान्ने नेता नेपालकै धारणा बाहिर आएकोक छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले अमेरिका भ्रमणपछि मात्रै प्रदेश कमिटी टुंग्याउने भनेको नेपालको तर्क छ । ओलीले संस्थागत विधि र प्रक्रिया तथा समझदारी उल्लंघन गरेको नेपालको आरोप छ ।

नेता नेपाल विदेश भ्रमणमा रहेका बेला असोज ५ गते प्रदेश कमिटी टुंगिएको थियो । ९ असोजमा नेपाल फर्किएका नेता नेपाल असन्तुष्टहरुसँग छलफलमा जुटेका छन् ।

प्रदेश कमिटी नेतृत्वमा केपी ओली पक्षधर १०, अध्यक्ष पुष्पकमल दाहाल पक्षधर ७, नेपाल पक्षधर ३ छन् भने रामबहादुर थापा बादल पक्षधर ७ र नारायणकाजी श्रेष्ठ पक्षधर ५ छन् । यस्तै, नारायणकाजी श्रेष्ठ पक्षधर १ छन् । माधव नेपाल पक्षलाई कमजोर पारिएको छ । (जनता समाचार )

प्रतिक्रिया दिनुहोस