आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वन्यजन्तुहरुको अबैध ब्यापार र चोरी शिकारी नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम

AuthorAP Khabar २०७५ आश्विन १२, शुक्रबार ( ५ साल अघि) ४५० पाठक संख्या

सिमरा, १२ असोज : बाराको सिमरामा वन्यजन्तुहरुको अबैध ब्यापार र चोरी शिकारी नियन्त्रण तथा बाघ संरक्षण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । तराई भू–परिधि (ताल)को आयोजना र जनहित उपभोक्ता समितीको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका रेञ्जर गगन शर्माले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण दिने क्रममा शर्माले वन्यजन्तुहरुको अबैध ब्यापार र चोरी शिकारी नियन्त्रण तथा बाघ संरक्षणका लागि अपनाउने तरीकाका साथै नेपालमा रहेको जैविक विविधतालाई संरक्षण गर्न सबैलाई प्रेरित गर्नुभएको थियो ।
यसैगरी कार्यक्रमलमा बोल्दै जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले बन संरक्षणबाट हुने फाईदाको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका श्रेष्ठले पछिलो समय बनलाई पर्याप्रयटनको मुख्य आकर्षण बनाउन लागेकोले यसको संरक्षणले यस क्षेत्रमा ब्यवसायको सृजना गर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा जनहित उपभोक्ता समितीका सदस्यका साथै ४ ओटै सामुदायीक बन समुहका पदाधिकारी, क्रमचारी लगाएत ३५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको मध्यवर्ती ब्यवस्थापन समितीका क्रमचारी रामप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस