आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चैनपुर–कलैया सडकको निर्माण कार्य एक हफ्ता भित्रैमा सुरु हुने

AuthorAP Khabar २०७५ आश्विन १२, शुक्रबार ( ५ साल अघि) ५९८ पाठक संख्या

परवानीपुर, १२ असोज : चैनपुर–कलैया सडकको निर्माण कार्य एक हफ्ता भित्रैमा सुरु हुने भएको छ । शुक्रवार डिभिजन कार्यलय हेटैडाबाट आएका विज्ञहरुको टालीले योजना सुरु गर्ने पोइन्ट निर्धारण गर्दै एक हप्ता भित्रमा निर्माण कार्य शुरु गर्ने जानकारी दिएका हुन् ।
बारा निर्वाचन क्षेत्र नम्बर ४ मा आर्थिक वर्ष ०७३÷७४ मा करिब ६५ लाखमा बन्ने गरी यो आयोजना पास भएको थियो । तात्कालिन निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद नेजमा आलमको विशेष पहलमा यो योजना आएको थियो ।
५ मिटर चौडा हुने सडक निर्माणको कार्यलाई अगाडी बढाउन पुर्व सांसद आलमका पुत्र ई. मोविन आलमको विशेष पहलमा शुक्रवार विज्ञहरुको टालीलाई बारा आएका हुन् । अनुगमनका क्रममा इन्जीनियरहरु र योजना सम्पन्न गर्ने ठेकदार लगायतका टोलीका साथै चैनपुरका वडा अध्यक्ष श्री गजेंद्र पटेल लगाएत अन्य नेकपाका नेताहरुको उपस्थिती रहेको थियो । यो सडक चैनपुर––बुनियाद–प्रस्टोका हुदैँ कलैया जोडिने छ ।

प्रतिक्रिया दिनुहोस