आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्यटन प्रवद्र्धनमा युवाहरुको भुमिका महत्वपुर्ण

AuthorAP Khabar २०७५ आश्विन १२, शुक्रबार ( ५ साल अघि) ५२८ पाठक संख्या

सिमरा, १२ असोज  : बाराको सिमरामा पर्यटन प्रवद्र्धनमा युवाहरुको भुमिका बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिश्व पर्यटन दिवसको अवसरमा होटल तथा पर्यटन व्यवसायी संघ बाराले सिमरामा आज अन्र्तक्रिया गरेको हो । पर्यटन दिवसको अवसरमा ३ दिने कार्यक्रम शार्वजनीक गर्दे बिभिन्न क्रियाकलाप गर्दे आएको संघले आज अन्र्तक्रिया गरेको हो ।
सिमरास्थित सम्यक होटलमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य दिनेश राईले पर्यटन प्रवद्र्धनमा युवाहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । ‘खासगरी अहिलेको समयमा युवाहरु पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने देखिएको छ, यसले स्वरोजगार शिर्जना गर्ने निश्चित छ’ राईले भन्नुभयो ।
कार्यक्रममा बोल्दै होटल तथा पर्यटन व्यवसायी संघ बाराका सल्लाहकार शोभाकर पराजुलीले बिकसित देशमा जस्तै नेपालमा पनि पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै होटल तथा पर्यटन व्यवसायी संघ बाराका सल्लाहकार युवराज लामाले छोटो समयमा बाराको पर्यटन अभियानमा दु्रत गतिमा अघि बढेको बताउनुभयो । ‘अबको केहिबर्ष पछि जिल्लामा पर्यटकको संख्या ह्वात्तै बढ्नेछ, यसले पर्यटन प्रवद्र्धनमा ठुलो भुमिका खेल्नेछ’ उहाले भन्नुभयो ।
कार्यक्रममा जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, नेपाली काग्रेसका नेताहरु छविलाल शर्मा, शुसिल ढोडारी लगायतको उपस्थिति रहेको थियो । होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न अन्र्तक्रिया कार्यक्रमको सञ्चालन सञ्चार संयोजक प्रदिप गौतमले गर्नुभएको थियो । कार्यक्रममा झन्डै ५० जना युवाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस