आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

३९ औं विश्व पर्यटन दिवस ३ दिने कार्यक्रम गरी मनाईयो

AuthorAP Khabar २०७५ आश्विन १३, शनिबार ( ५ साल अघि) ४५८ पाठक संख्या

बारा , १३ असोज
होटल तथा पर्यटन व्यवसायी संघ बाराले तीन दिन सम्म विभिन्न कार्यक्रम गरी ३९ औं विश्व पर्यटन दिवस मनाएको छ । पर्यटन दिवसको अवसर पारेर आयोजना गरीएको तीन दिने कार्यक्रमको संघले अन्तिम दिन शनिवार साईकल ¥यालीको आयोजना गरी तीन दिने ३९ औं विश्व पर्यटन दिवस सम्पन्न गरेको हो ।
दिवसको अवसर पारेर संघले पहिलो दिन सिमरा विमान स्थलको पहिलो बिमानका सम्पूर्ण यात्रुहरुलाई सम्मान गरीएको थियो भने दोस्रो दिन अन्र्तक्रिया कार्यक्रम र तेस्रो अर्थात अन्तिम दिन साईकल ¥यालीको आयोजना गरीएको हो ।
बारालाई पर्यटनको रुपमा परिचित गराउन यो अभियान सञ्चालन गरीएको होटल ब्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्माले बताउनुभएको छ । उहाँले औद्योगीक नगरीको रुपमा रहेको यस क्षेत्रमा औद्योगीक पर्यटन, कृषि क्षेत्रलाई प्रबर्धन गर्न कृषि पर्यटनका साथै अन्य धार्मिक, सांस्कृतीक लगाएत बन सम्पदालाई समेटन यो अभियान संचालन गरेको समेत जानकारी दिनुभयो । उहाँले यस अभियानमा युवा वर्गलाई अगाडी ल्याउने बताउनुभएको छ ।
बाराको सिम्रोनगढ क्षेत्र, विश्व प्रसिद्ध गढिमाई मन्दिरका साथै पर्सा राष्ट्रिय निकुञ्जपनि यस जिल्लामा रहेकोले यो जिल्ला पर्यटनका लागि उपयुत्त स्थान भएको होटल ब्यसायी संघका सल्लाहकार युवराज लामाले बताउनुभएको छ ।
पर्यटन दिवसको विशेष अभियान बाराको जितपुरमा रहेको गढिमाई मन्दिरबाट शुरु भई आदाभारमा रहेको पर्सा राष्ट्रिय निकुञ्ज हुदै अम्लेखगञ्जको हातिसारमा आएर सम्पन्न भएको थियो ।
साईकल यात्रामा सशस्त्र प्रहरीका प्रहरी नायब महानिरिक्षक कविन्त्रमान श्रेष्ठ , बाराका प्रहरी उपरिक्षक मीरा चौधरी , सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक बलराम पोखरेल , बाराका प्रहरी नायव उपरिक्षक रंजितसिंह राठोर , सशस्त्र प्रहरीका प्रहरी निरिक्षक प्रकाश पौडेल , प्रहरि निरिक्षक मनोज खडका लगायत ९० जना साईकल यात्रीहरुको सहभागित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस