आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

थारु पत्रकार संघ नेपाल पर्सा गठन

AuthorAP Khabar २०७५ आश्विन १३, शनिबार ( ५ साल अघि) ६११ पाठक संख्या

वीरगञ्ज,१३ असोज  : पर्सामा थारु पत्रकार संघ नेपाल एक कार्यक्रमका बिच शनिबार गठन भएको छ । थारु पत्रकार संघ नेपाल २ नम्बर प्रदेशका संयोजक दुष्यन्त चौधरीको अध्यक्ष्ता तथा नेपाल पत्रकार महासंघ २ नम्बर प्रदेशका अध्यक्ष दिपेन्द्र चौहानको प्रमुख अतिथ्यतामा ७ सदसीय समिति चयन गरेको छ ।नवगठित समितिको अध्यक्षमा ओमप्रकाश चौधरी,उपाध्यक्ष पुनम महतो , सचिव मेघराज राय, कोषाध्यक्ष शम्भु महतो थारु चयन भएका छन ।

सदस्यहरुमा रामकिशोर चौधरी ,दिपेन्द्र चौधरी र मनोज चौधरी रहेका छन । कार्यक्रममा बिशिष्ठ अतिथी पर्साका अध्यक्ष श्याम बन्जारा,फोनिज २ नम्बर प्रदेशका संयोजक निरज पिठाकोटे मगर ,थारु पत्रकार संघ नेपाल बाराका उपाध्यक्ष जियालाल चौधरी , थारु नागरीक समाज बारा ,पर्सा रौतहटका अध्यक्ष प्रमानन्द चौधरी, समाजिक अभियन्ता प्रकाश थारु ,विजया ओझैया लगायतकाले मन्त्वय राखेका थिए ।

यसैबिच थारु पत्रकार संघ नेपाल प्रदेशका संयोजक दुष्यन्त चौधरीले नेपाल पत्रकार महासंघ २ नम्बर प्रदेशका अध्यक्ष दिपेन्द्र चौहानलाई बिभिन्न माग राख्दै ज्ञपानपत्र समेत बुझाएका छन ।ज्ञपानपत्र बुझाउदै प्रदेश नम्बर २ मा थारु समुदायका पत्रकारहरुका ेसंख्या बढेपनि नेपाल पत्रकार महासंघले सदस्यता वितरण गर्न कञ्जुस्याइ गरेकोमा थारु पत्रकार संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकारलाई स्थापित गराउने राज्यको मूलसंस्थाले नै विभेद गर्नु दुःख भएको बताएको छ ।पत्रकार महासंघले अगामी दिनमा सदस्यता वितरण गर्दा थारु समुदायमा सक्रिय रहेका पत्रकारहरुको अधिकभन्दा अधिक सदस्यता दिन हुन थारु पत्रकार संघ नेपाल जोडदार माग समेत गरीएको छ ।महासंघले सदस्यता वितरण गर्ने बेलामा सक्रिय रहेका थारु पत्रकारहरुलाई सदस्यताबाट वञ्चित गरेमा अगामीदिनमा थारु पत्रकारहरु आन्दोलन गर्न बाध्य हुने व्यहोरा समेत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस