आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बढ्दो महिला हिंसा, हत्या र बलात्कार विरुधमा सिमरामा प्रदर्शन

AuthorAP Khabar २०७५ आश्विन १३, शनिबार ( ५ साल अघि) ४९६ पाठक संख्या

सिमरा, १३ असोज : बढ्दो महिला हिंसा, हत्या र बलात्कार विरुधमा शनिवार सिमरामा प्रदर्शन गरिएको छ । सिमराका विभिन्न विद्यालयका विद्यार्थीहरुले हाल नेपालमा बढ्दै गएको महिला हिंसा, हत्या र बलात्कारको विरुध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनको क्रमममा विद्यार्थीहरुले विरोध ¥याली निकालेका थिए । जितपुरसिमरा उपमहानगरपालिका २ को वडा कार्यलयबाट आयोजित ¥याली सिमरा चोकमा आएर कोण सभामा परिणत भएको थियो ।
¥यालीमा देशभरी घटिरहेको महिला हिंसा, हत्या र बलात्कारका दोषीहरुलाई कारवाही गरि पिडित पक्षलाई न्याय दिएर दोषीलाई कारवाही गर्न माग गरिएको थियो । विद्यार्थीहरुले महिला हिंसाका दोषीहरुलाई कारवाही गर्नुपर्ने माग गर्दै महिला हिंसा रोक्नुपर्ने राज्यको ध्यान जान जरुरी रहेको बताएका थिए ।
देशभर भइरहेको महिला हिंसा रोक्न राज्यले आवश्यक कदम चाल्नुपर्ने माग राख्दै सचेत गराउनका लागी विरोध ¥याली निकालिएको शिक्षक रामप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
रामप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सिमरा स्थित विभिन्न विद्यालयका करिब १ सय ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस