आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

घंन्टिमाई बचत तथा ऋण सहकारि संस्थाको छैटौ बार्षिक साधारण सभा सम्पन्न

AuthorAP Khabar २०७५ आश्विन १३, शनिबार ( ५ साल अघि) ५०७ पाठक संख्या

सिमरा, १३ असोज  : प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सुन्दर विकले देशको अर्थतन्त्र बलियो बनाउन सहकारी मार्फत युवालाई स्वरोजगार बनाउन आवश्यक रहेको बताउनुभएको छ । जितपुरसिमरा उपमहानगरपालिका ४ औराहामा रहेको घंन्टिमाई बचत तथा ऋण सहकारि संस्थाको छैटौ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले देशको आर्थिक तन्त्र बलियो बनाउन राज्यले सहकारी मार्फत लगानी गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सिता गुरुङ्गले बैदेशिक रोजगारमा लाग्ने युवालाई नेपालमै स्वरोगर बनाउन सहकारीले अहम भुमिका निर्वाह गर्ने बताउदै सहकारीले महिललाई आत्म्निरभर बनाउन सिकाएको कुराप्रति खुःसी ब्यक्त गर्नुभयो ।
संस्थाकी अध्यक्ष कोपीला सिमखडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख, सहकारी बैकँका प्रबन्धक गोबिन्द ओझा, सरसति चौधरी, रमेश खरेल, मदन बाहादुर क्षेत्रि, थानेश्वोर पौडेल, लगायतल संबोाधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस