आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सवारी चेकजाँचबाट तिन महिनामा करिब १४ लाख भन्दा बढि राजश्व संकलन

AuthorAP Khabar २०७५ आश्विन १३, शनिबार ( ५ साल अघि) ४९० पाठक संख्या

बारा, १२ असोज  : प्रदेश ट्राफिक कार्यालय प्रदेश नम्बर २ पथलैयाले चालु आर्थिक वर्ष ०७/७६ को तिन महिना भित्र १४ लाख २३ हजार ७ सय ६६ राजस्व संकलन गरेको छ । सवारी चेक जाँचमा कडाई गरेसंगै ओभरलोड भएका सवारी साधनहरुबाट तिन महिना भित्रैमा १४ लाख २३ हजार ७ सय ६६ राजस्व संकलन गरेको प्रदेश ट्राफिक कार्यालय प्रदेश नम्बर २ पथलैयाले जनाएको छ ।
प्रदेश ट्राफिक कार्यालय प्रदेश नम्बर २ पथलैया र मातहतका ट्राफिक प्रहरीहरुले विशेष सवारी चेकजाँच अभियान नै संचालन गरेर कारवाहि गर्न थालेको प्रदेश ट्राफिक कार्यालय प्रदेश नम्बर २ पथलैयाका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक किरण बज्रचार्यले जानकारी दिनुभएको छ ।
उहाँले पछिलो आर्थिक वर्ष ०७४÷७५ को एक वर्षमा तिन सय ३८ ओटा सवारी साधनबाट ३५ लाख ३८ हजार ४ सय ५१ राजश्व संकलन भएको तर यस आर्थिक वर्षको ३ महिना भित्रै २ सय ४२ ओटा सवारी साधनलाई गरीएको कारवाहिबाट १४ लाख २३ हजार ७ सय ६६ राजस्व संकलन भएको उहाँले जानकारी दिनुभयो ।

पछिलो समय सवारी दुर्घटना बढ्नु र सडकको अवस्थापनि जिर्ण हुँदै जानुमा सवारी साधनहरुले आफ्नो क्षमता भन्दा बढि ओभरलोड बोक्नु नै मुल कारणको रुपमा देखापरेको प्रदेश ट्राफिक कार्यालय प्रदेश नम्बर २ पथलैयाका प्रमुख प्रहरी उपरिक्षक बज्रचार्यको भनाई छ ।

उहाँले भन्सारबाट छुट्ने भारतीय नम्बरका वा नेपाली नम्बरका मालवाहक सावारी साधनको भारबाहन निर्देशिका २०७४ विपरित क्षमता भन्दा दोब्बर ९० देखि सय टन सम्म हुने गरेको बताउनुभएको छ । भन्सारबाट छुट्ने मालबाहक सवारी साधनलाई त्यहि नै क्षमता मिलान गरेर पठाए आफुहरुलाई सवारीहरुलाई सडकमा रोकेर कारवाहि गर्नुपर्ने अवस्था नआउने बताउनुभयो ।
सवारी साधनहरुले क्षमता भन्दा अधिक मालसमान लोड गर्दा सडक विग्रनुका सााथै सवारी साधनको समयमा ब्रेक नलाग्ने, टायर पडकने जस्ता खतरा हुने संभावना बढि हुने गरेको पाईको छ । यता हाल प्रहरीसंग जनशक्तिका साथै अन्य विभिन्न समस्याका कारण निर्देशिकामा भए बमोजिम जरीवानाका साथै भार मिला गर्न नसकेको समेत प्रदेश ट्राफिक कार्यालय प्रदेश नम्बर २ पथलैयाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस