आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रहरीद्वारा सिमरा चोकमा नागरीक सहयाता कक्ष संचालन

AuthorAP Khabar २०७५ आश्विन १४, आईतबार ( ५ साल अघि) ७९४ पाठक संख्या

सिमरा, १४ असोज : ईलाका प्रहरी कार्यलय सिमराले सिमरामा नागरिक सहयाता कक्ष संचालनमा ल्याउको छ । नजिकिदै गरेको दशैँ, तिहार र छड पर्वमा बजारमा मानिसको चहल पहल बढ्नुका सााथै यातायातमा यात्रा गर्ने यात्रुहरुको संख्यापनि बढ्ने भन्दै सबैलाई सुरक्षा प्रदान गर्न यो नागरिक सहयाता कक्ष संचालनमा ल्याइएको हो ।
जिल्ला ट्राफिक कार्यलय बारा र ईलाका प्रहरी कार्यलय सिमराको सहकार्यमा संचालनमा आएको यो कक्षमा एक जना सशस्त्र प्रहरी, एक जनपथ प्रहरी र एक ट्राफिक गरी तिन जनाको जनशक्ति राखिने ईलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरीक्षक सुवाश हमालले जानकारी दिनुभएको छ ।
सहयाता कक्षबाट लोमो दुरीका साथै छोटो दुरी सम्म यात्रा गर्ने यात्रुलाई कुनै समस्या नपरोस भन्ने उदेश्यका साथपनि यो कक्ष संचालनमा ल्याएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक बिकाश बमले जानकारी दिनुभयो ।
आइतवार सानो औपचारीक कार्यक्रमको आयोजना गर्दै ईलाका प्रशासन कार्यलय सिमराका प्रमुख विशेष्वर रेग्मीले यस नागरीक सहयाता कक्षको उद्घाटन गर्नुभएको थियो । भने उद्घाटन कार्याक्रममा सशस्त्र सुरक्षा वेस क्याम्प जितपुरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश पौडेल, स्थानिय हरि चौधरी लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस