आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विश्व मुटु दिवस

AuthorAP Khabar २०७५ आश्विन १५, सोमबार ( ५ साल अघि) ५९२ पाठक संख्या

काठमाडौं १४ असोज: विश्व मुटु दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्व मुटु महासंघको आह्वानमा सन् २००० को सेप्टेम्बर अन्त्यदेखि यो दिवस मनाउन थालिएको हो ।

मुटु सम्वन्धी विभिन्न चेतना मुलक कार्यक्रम गरि यो दिवस आज १ सय ५० भन्दा वढी राष्ट्रमा मनाईदैछ । विश्वमा प्रत्येक वर्ष मुटु तथा रक्तनलीजन्य रोगका कारणले मात्रै १ करोड ७५ लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक छ ।

अन्य नसर्ने खालका रोग जस्तै क्यान्सर, दम, मधुमेह आदिको कारणले भन्दा मुटुरोगका कारण मर्नेको संख्या बढी भएको विश्व मुटु संगठनले जनाएको छ ।

यसैगरी बढ्दै गएमा सन् २०३० सम्ममा यो रोगबाट मृत्यु हुनेको संख्या बढेर २ करोड भन्दा माथिसम्म पुग्न सक्ने अनुमान गरिएको छ । बढ्दो शहरीकरण साथै अस्वस्थ जीवनशैलीका कारण नेपालमा पनि मुटु तथा रक्तनलीजन्य रोगको जोखिम बढीरहेको छ । ४० वर्ष हारीहारीकै युवामा पनि हृदयाघातको जोखिम देखिएको विश्व मुटु संगठनले जनाएको छ ।

सूर्तिजन्य पदार्थको बढ्दो सेवन, अस्वस्थ खानपान, शारिरीक परिश्रमको अभाव, मोटोपना, उच्चरक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, मानसिक तनावलगायतका कारण मुटुसम्बन्धी रोगको जोखिम बढ्ने चिकित्सकहरु बताउँछन् । मुटुरोगको उपचार खर्चिलो र जटिल भएपनि स्वस्थ्यकर खानपान र नियमित व्यायामले सो जटिलता न्यूनीकरण गर्न मद्दत गर्ने उनीहरुको भनाइ छ ।९इमेज खबर ०

प्रतिक्रिया दिनुहोस