आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कलैयामा ८ महिला सहित ५८ जनाद्वारा रक्तदान

AuthorAP Khabar २०७५ आश्विन १५, सोमबार ( ५ साल अघि) ६९९ पाठक संख्या

कलैया, १५ असोज : कलैया उपमहानगरपालिकामा बृहद रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कलैया उपमहानगरपालिकाका वडा सदस्यहरुद्वारा गठित वडा सदस्य हकहित समरक्षण समितिले आफ्नो कार्यकालको एक वर्ष पुरा भएको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रक्तदान जिवन दान मुल नाराका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा ८ महिला र ५० पुरुष सहित ५८ जनाले रक्तदान गरेका छन् ।
विरगंज रक्त संचार केन्द्रमा रगतको अभाव भएको बेला केहि भए पनि रगतको पुर्ति गर्ने उद्वेश्य सहित रक्तदानको आयोजना गरिएको नगर वडा सदस्य हकहित समरक्षण समितिका संयोजक सम्भु गुप्ताले बताउनुभएको छ ।
रगत प्रत्येक मानावलाई जिवन यापनका लागि नभै नहुन भएकोले यसलाई सदुपयोग गरि रक्तदान गर्न आयोजकले सबैलाई अहवान गरिएको थियो । प्रत्येक ३ महिनामा रगत शरिरबाट आफै परिवर्तन हुने गरेकोले रक्तदानबाट आफ्नो शरीरमा कुनै खराबी नआउने र अरुको जिवनपनि बाच्ने भएकोले रगत दानलाई पुण्यको कामपनि भन्ने गरीएको छ ।
रक्तदान कार्यक्रममा कार्यपालिका सदस्य एवं नगर सभा सदस्यहरुको उपथिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस