आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वडाध्यक्षको चरम लापरवाही, रातारात अख्तियारद्धारा छापा

AuthorAP Khabar २०७५ आश्विन १५, सोमबार ( ५ साल अघि) १४५० पाठक संख्या

अजय साह
कलैया, १५ असोज : बाराका कलैया उपमहानगरपालिका वडा नम्वर २३ भतौडामा बुधवार अख्तियार दुरुपयोग अनुसन्धान कार्यलय हेटौडाले आर्थिक वर्ष ०७४÷०७५ को विकास निमार्णको बजेटमा हिनामिना भएको भन्दै कार्यलयको कागजात नियन्त्रणमा लिएको छ ।
बुधवार हटौँडाबाट आएको अख्तियारको टोलीले बाटो ढलान, खेलमैदान निमार्ण र लक्षित वर्गको कार्यक्रमहरु नै नगरि रकम हिनामिना गरेको भन्नी परेको उजुरीको आधारमा कार्यलयको कागजात नियन्त्रणमा लिएको हो ।

विकास निमार्णको काम कसरी गरेको र भुक्तानी गरेको कागजात सहि भएनभएको हेर्न अख्तियारको टोलीले कार्यलयको कागजात नियन्त्रणमा लिएको कलैया उपमहानगरपालिका वडा नम्वर २३ भतौडाका वडा अध्यक्ष विक्रम साह कानुको भनाई छ । उहाँले कानुन बमोजिम काम भएको दाबी समेत गर्नुभएको छ ।
यता त्याहाँका स्थानियहरुले गणेश दास तत्माको नेतृत्वमा बन्द कोठामा समिति बनाएको र समिति बनेको बारे गाँउलेलाई कुनै जानकारी नभएको बताएका छन् । वडा अध्यक्षहरुले त्याहाँ रहेको विद्यालयको तारजालि लगाउने काममा समेत अनियमीतता परेको प्रमाणीत भएको बताएका छन् ।
गाँउमा विद्यालयको रकम हिनामिना भएको हल्ला भएपछि वडा अध्यक्ष सहित नगरप्रहरीको सहयोगमा राती विद्यालयमा तारबार लगाउन खोजीएको थियो तर रातीको समयमा चोर जस्तो गरी काम नगर्न दिने भनि स्थानियहरुले प्रहरी र अख्तियारलाई रातीनै बोलाएर त्यसबारे मुचुल्का उठाउन लगाएका थिए ।
उजुरी परेको आधारमा अख्तियारले काम नै नगरि भुक्तानी गरेका कागजातहरु लिएर गएकोले वडाध्यक्ष र उपभोक्ता समिति चिन्तित बनेका छन् । उनिहरुले अधुरा विकास निमार्ण योजनाको फर्छौट गरेको कागज अख्तियारले नियन्त्रणमा लिए पछि वडा अध्यक्ष लगायत उनका सहयोगीहरु वडा अन्र्तगत रहेका अघुरा विधालयको मर्मत गर्ने कार्यलाई निरन्तरता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस