आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चीन र अमेरिकाबीचको सुरक्षा बैठक स्थगित

AuthorAP Khabar २०७५ आश्विन १५, सोमबार ( ५ साल अघि) ४७७ पाठक संख्या

एजेन्सी : चीनले अमेरिकासँगको सुरक्षा बैठक स्थागित गरेको छ । अमेरिकाका रक्षा सचिव जिम म्याटिससँगको बैठक चीनले स्थगित गरेको हो । बैठक अक्टोबरमा बस्ने जनाइएको थियो । अमेरिकी अधिकारीहरुले चीनले बैठक स्थगित गरेको जनाएका छन् । चीनका अधिकारीहरुका अनुसार दुई देशको बैठक कहिले बस्छ भन्ने कुनै निश्चित समय निर्धारण भएको छैन् ।

हातहतियारको व्यापार र साउथ चाइना सीको विषयमा बस्ने भनेको बैठक अनिश्चित भएको हो । चीन र अमेरिकाबीचको व्यापार युद्ध पनि अहिले सबैभन्दा ठूलो चुनौति बनेको अधिकारहिरुले बताएका छन् । दुवै देशले एक–अर्काका आयातित समानको मूल्य बढाएका कारण दुवै देशको व्यापार युद्ध अ हिलेसम्मकै नराम्रो अवस्थामा पुगेको छ । (उज्यालो अनलाईन)

प्रतिक्रिया दिनुहोस