आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

समाचारको विषयमा बाराका पत्रकार साहलाई धम्की

AuthorAP Khabar २०७५ आश्विन १६, मंगलबार ( ५ साल अघि) ४९१ पाठक संख्या

कलैया, १५ असोज : बारामा समाचार लेखेको विषयमा पत्रकारलाई धम्की आएको छ । सोमवार विहान ६ वजेर ३० मिनेटमा ९८६५२२६९२५ नम्वरको मोवाईलबाट बारा संचारकर्मि अजय साहलाई धम्की आएको हो ।
बाराको कलैया उपमहानगरपालिका वडा २३ मा अनियमितता भएको खवर संकलन गरि आईतवार विभिन्न समाचार माध्यमबाट प्रशारण गराएपछि पश्चात साहलाई फोन मार्फत धम्की आएको हो ।
आख्तियारले छापा मारेको खवर पाए पछि खवर संकलन गरी प्रकाशन तथा प्रशारणा गराए पछि आफुलाई फोन मार्फत धम्की स्वरुप अनावश्यक मानसिक यातना दिएको साहले जानकारी गराएका छन् ।
साहले जिल्ला प्रहरी कार्यलय बारामा सोमवार जिवधनको रक्षाको लागि लिखित उजुरी दर्ता गराएका छन । प्रहरी उपरिक्षक मिरा चौधरीले यस विषयमा छानविन गरि जो कोहि भए पनि कानुनी कठघरामा ल्याई न्याय दिने बताउनुभएको छ ।
यसैगरी बाराका प्रहरी नायब उपरिक्षक रंजितसिहं राठोरले फोन आएको नम्बर कस्को हो भनी बुझन पठाएको र त्यो खुल्ने बितिक निजलाई नियन्त्रणमा लिने बताउनुभएको छ ।
गत शुक्रवार वडा २३ का सम्पुर्ण कागजात अख्तियार दुरुपयोग कार्यलय हेटौडाले नियन्त्रणमा लिएको थियो । त्यसपछि आफनो करतुत ढाकछोप गर्न वडाध्यक्ष र उपभोक्ता समितिले कागजमा सम्पन्न गरेको विकासको काम रातारात गरिरहेको अवस्थामा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस