आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राजपा निर्वाचित क्षेत्रमा रोड मर्मत नहुदाँ दुघर्टनाको जोखिम

AuthorAP Khabar २०७५ आश्विन १७, बुधबार ( ५ साल अघि) ६६१ पाठक संख्या

तिवारी यादव
वीरगंज,१७ असोज  : त्रिभुवन राजमार्ग संग जोडिएको गण्डक चोक देखि पुर्व नहरमा गण्डक देखि नवतन चौक सम्म बाटो जिर्ण हुदाँ आवतजावतमा समस्या हुन थालेको चालकहरुले गुनासो गरेका छन । गण्डक नहर भएर आवतजावत गर्ने निकै नै समस्या हुन थालेको मोटरसाईकल चालक प्रमोद यादवले गुनासो गरेका छन ।

उनले भने,’ गण्डक नहर जिर्ण हुदाँ सवारी दुघर्टना हुने जोखिम रहेको छ ,यस क्षेत्रमा गाँउपालिका , प्रदेश तथा प्रतिनिधी सभामा राजपा नेपालका नेताहरुले निर्वाचित भएका छन ।तर पनि बाटो मर्मत नहुनु दुखद रहेको गुनासो गरे ।
नहर रोड भएर दैनिक रुपमा तिन सय देखि पाँच सय सवारी आवतजावत गर्ने गरेका छन । खास गरेर साईकल,मोटरसाईकल, ट्रक ,बस लगायतको सवारीलाई आवातजावतमा निकै नै समस्या हुन थालेको चालकहरु गुनासो गरेका छन ।

बाराको क्षेत्र नम्बर ४ मा पर्ने उतmनहर मर्मतका लागी परवानीपुर गाँउपालिका कार्यालयले पहल नगर्दा समस्या हुन थालेको परवानीपुर गाँउपालिका वडा नम्बर ५ बहुवरीका सन्दिप यादवले गुनासो गरेका छन । यादवले भने,’राजपा नेपालको निर्वाचित भएको क्षेत्र भएपनि नहर सम्म मर्मत नहुनु दुखद कुरा हो । यस बाटो भएर आवतजावत गर्ने ज्यान जोखिममा राखेर गर्नुपर्छ ।

परवानीपुर गाँउपालिका प्रमुखमा राजपा नेपालका हरीनारायण साह , क्षेत्र नम्बर ४ ‘ख‘मा प्रदेश सभा सदस्य तथा प्रदेश नम्बर २ भौतिक पुर्वाधार तथा यातायात मन्त्रि जितेन्द्र सोनार तथा प्रतिनिधि सभामा एकबाल मियाँ नै निर्वाचित भएका छन ।तर बिकाशको नाममा शुन्य रहेको ४ नम्बर क्षेत्रका नागरीकको भनाई छ । चुनावको बेला बिकाश गर्ने भनेर चर्को चर्को कुरा गरेर निर्वाचित भएपछि एक चोटि पनि फकर्रे हेर्ने समेत नआएका बारा क्षेत्र नम्बर ४ का स्थानीयहरुले गुनासो गरेका छन ।

प्रतिक्रिया दिनुहोस