आज:  २०८२ माघ ४, शनिबार | Sat, 17, Jan, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

हरी खेतान क्याम्पसमा भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत

AuthorAP Khabar २०७५ आश्विन १७, बुधबार ( ७ साल अघि) ७०३ पाठक संख्या

तिवारी यादब
वीरगंज,१७ असोज
वीरगंजको आर्दशनगरमा रहेको हरिखेतान बहुमुखि क्यामपसमा अध्ययनरत कक्षा १२ का बिद्यार्थीहरुले कक्षा ११ का बिद्यार्थिहरुलाई एक कार्यक्रमका बिच बुधबार स्वागत गरेका छन्। वीरगंजको होटल भिस्वामा कक्षा १२ को शिक्षा र मानविकिमा अध्ययनतर बिद्यार्थीहरुको आयोजनामा कक्षा ११ मा शिक्षा र मानविकि तर्फ भर्ना भएका १८० जना बिद्यार्थीलाई स्वागत गरीएको क्याम्पसका लालु यादवले जानकारी दिए । स्वागत कार्यक्रममा क्याम्पसका प्राध्यापकहरुलाई सम्मान गरीएको यादवले बताए । स्वागत कार्यक्रमा बिद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरेका थिए । स्वागत कार्यक्रममा हरिखेतान बहुमुखि क्यामपसका प्रमुख डा. भगवान प्रसाद यादव,प्राध्यापकहरु आनन्द यादव, समरेन्द्र यादव, रितिका जैसवाल, प्रिति सिंह लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस