आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुर्घटना न्युनिकरण गर्न “ NO ACCIDENT-NO DAMAGE” अभियान

AuthorAP Khabar २०७५ आश्विन १७, बुधबार ( ५ साल अघि) ५५६ पाठक संख्या

बारा, १७ असोज :  प्रदेश ट्राफिक प्रहरी कार्यलय प्रदेश नम्बर २ पथलैयाले सुरक्षित यात्राको लागि चालक, यात्रु र सवारी साधनको यान्त्रिक अवस्थाको निरिक्षण तथा सचेतना कार्यक्रम संचालनमा ल्याएको छ । यस प्रदेशमा बढ्दै गएको सवारी दुर्घटनालाई न्युनिकरण गर्न ट्राफिक प्रहरी र अटोमोबाईल्स मेकानिकल्सहरु सहितको संयुक्त टोलीले यो अभियान संचालनमा ल्याएको हो ।
NO ACCIDENT-NO DAMAGE” भन्ने नाराका साथ संचालित यस अभियानको मुख्य उद्वेश्य सवारी चालक, यात्री, अन्य सडक प्रयोगकर्ताहरुमा पर्याप्त सुरक्षित सडक प्रयोग सम्बन्धि सचेतना फैलाउनु रहेको प्रदेश ट्राफिक प्रहरी कार्यलय प्रदेश नम्बर २ पथलैयाका ट्राफिक प्रहरी उपरिक्षक किरण बज्रचार्यले बताउनुभएको छ ।
ओभर स्पीड, क्षमता भन्दा बढि सवारी साधन राख्नु, सवारीलाई सहि तरीकाले मर्मत नगर्नु लगाएतका कारण सवारी दुर्घटना हुने गरेको बताउदै ट्राफिक प्रहरी उपरिक्षक बज्रचार्यले सधै ट्राफिक प्रहरीले जरीवाना गर्ने काम गर्दै आएको तर यस अभियान अन्तरगत सवारी चालक र यात्रीहरुलाई सहि तरीकाले यात्रा गर्ने तरीका जानकारी गराउने काम प्रहरीले गरेको बताउनुभएको छ । उहांले यस अभियानलाई प्रदेश नम्बर २ का हरेक जिल्लामा हरेक १५ दिनको फरकमा साथै दशैँ तिहारमा हुने गलत गतिबिधि नियन्त्रण गर्ने गरी संचालन गर्ने जानकारी दिनुभएको छ ।
लगभग ५ सय सवारी चेकजाँचको क्रममा करिब ४० प्रतिशत सवारी साधन सहि अवस्थामा नरेहको अटोमोबाईल्स मेकानिकल्स टोलीका प्रमुख अजित कुमार मिश्रले जानकारी दिनुभयो । उहांले तराईबाट देशको राजधानि लगायत पहाडी भुभागमा सवारी लिएर जाने ५० प्रतिशत सवारी साधनको टायरको अवस्था विग्रेको, बति तथा साईड बति नबल्ने, टाएरमा अधिक हावा भएर पडकिने सम्भावना भएको पाईएको बताउनुभयो ।
सचेतना कार्यक्रममा तराईका विभिन्न स्थानबाट देशको राजधासन सहित अन्य स्थानमा रात्रीको समयमा जाने सजारी साधनमा ट्राफिक प्रहरीले देखिएका समस्यालाई तत्काल सुधार गर्न लगाउने र यात्रीहरुलाई समेत यात्रा गर्ने क्रममा ध्यान दिनुपर्ने कुरा जानकारी गराएका थिए । साथै एक हप्ता भित्र आरक्षित सिटको ब्यवस्था मिलाउने र देखिएको समस्या समाधान गर्ने प्रतिबद्वता समेत चालकसंग गराईएको थियो ।

ट्राफिक प्रहरीले संचालन गरेको यो अभियान सकारात्मक रहेको यात्री तथा चालकहरुले बताएका छन् । यात्रा गर्ने क्रममा यात्रुले अपनाउनुपर्ने सचेतनाको बारेमा धेरैलाई जानकारी नभएकोले यस्तो कार्यक्रमले यात्रा गर्ने क्रममा कसरी सावधानि अपनाउने भन्ने बारेमा जानकारी भएको बारा पचरौताकी बबीता सिहंले जानकारी दिनुभयो । यसैगरी यस अभियानले चालकहरुलाई पनि सहज भएको चालक सफल पराजुलीले बताउनुभएको छ ।

प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रहरी नायब महाफनरीक्षक दिनेश अमात्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अटोमोवाईल ईन्जीनियरीङ्गका १६ जना प्राबिधकसहित ७० जना ट्राफिक प्रहरीहरुले मंगलवार साह ६ बजेदेखि बुधवार बिहान ६ बजेसम्म सवारी चेकजाँच गरेका थिए । सचेतना मुलक अभियानको क्रममा प्रदेश ट्राफिक प्रहरी कार्यलय प्रदेश नम्बर २ पथलैयाले अनुरोध सहितको पर्चा पम्पलेट समेत वितरण गरेको  ट्राफिक प्रहरी निरिक्षक रिपेन्द्र सिहंले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस