आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बेबारिस शव फेला

AuthorAP Khabar २०७५ आश्विन १७, बुधबार ( ५ साल अघि) ५१७ पाठक संख्या

तिवारी यादव

वीरगंज,१७ असोज
बीरगंजको व्यस्त बजार महाबिरस्थान नजिक एउटा वेवारिसे शव बुधबार बिहान फेला परेको छ । वीरगन्जको मुख्य सडकमा पर्ने महाबीर स्थान नजिक पमपम बिल्डिङको तल बेवारीसे अवस्थामा शव फेला परेको पर्सा प्रहरीले जनाएको छ । भारतीय मूलका नागरिक अन्दाजी ५५÷६० बर्षका देखिने मृतकको सनाखत हुन सकेको छैन । घटनास्थलमा प्रहरीको टोली पुगेर मुचुल्का उठाई पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाईएको प्रहरी निरीक्षक ज्ञान कुमार महतोले जानकारी दिए । मागेर खादै हिडेका उनको कालगतिले नै मृत्यु भएको प्रभारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस