आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रहरी र बिद्युत कर्मचारीकै मिलोमतोमा बिद्युत चोरी

AuthorAP Khabar २०७५ आश्विन १८, बिहिबार ( ५ साल अघि) ४५८ पाठक संख्या

तिवारी यादब
वीरगंज,१७ असोज  : वीरगंज महानगरपालिका ३१ कोन्हियामा प्रहरीर र विद्युत कर्मचारीकै मिलोमतोमा बिद्युत चोरी भईरहेको पाईएको छ । गाँउका केहि स्थानीयबासीले प्रहरी चौकी परवानीपुरका प्रहरी नायब निरिक्षक प्रेम बहादुर खत्री, नेपाल बिद्युत प्राधिकरण वीरगंजका कर्मचारी राजेश दास र ईन्जिनियर मल्लिकलाई आर्थिक प्रलोभनमा परी विद्युत सुहावट गराइ रहेको आरोव लगाएका छन् ।
हाल कोन्हियामा प्रमेश्वर साह, सुबास गुप्ता, प्रयाग भण्डारी थारु लगायतका केहि ब्यक्तिहरुले निर्वाध रुपमा विद्युत चोरी गर्दै आएको स्थानियको दाबी छ । स्थानियहरुले गाँउमा यस विषयमा विवाद भएपनि प्रहरी र विद्युतका क्रमचारीहरु आउने तर मुखदर्शक बनेर जाने गरेकोले तिनीहरु आर्थिक प्रलोभनमा परेको आशंका गरीएको बताएका छन् । प्रहरी निरिक्षक खत्रिले बुधबार गाँउमा पुगेर बिद्युत जडान गराएको गाँउका प्रत्यक्षदर्शीहरुको भनाई छ ।
यता यस बिषयमा प्रहरी चौकी परवानीपुरका ईन्चार्ज प्रेम बहादुर खत्रिले बिद्युत जडानको लागी कसले कति रकम लिएको हो त्यस बिषयमा आफुलाई केहि जानकारी नभएको बताएका छन । गाँउमा झगडा भएको निवेदन आएपछि आफु गाँउमा पुगेको प्रतिक्रिया दिए । तर गाँउका स्थानीयले गाँउमा कुनै किसिमको झगडा नभएको प्रहरी बिद्युत जडान गराउन नै आएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस