आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुध बोक्ने गाडीमा अबैध घरेलु मदिरा बरामत

AuthorAP Khabar २०७५ आश्विन १८, बिहिबार ( ५ साल अघि) ७०६ पाठक संख्या

बारा, १८ असोज : ईलाका प्रहरी कार्यलय जीतपुरले दुधको गाडीबाट अबैध घरेलु मदिरा बरामद गरेको छ । ईलाका प्रहरी कार्यलय जीतपुरका प्रहरी नायब निरीक्षक रामउदय राज शर्माको नेतृत्वमा बिहिवार बिहान चेकजाँच गर्ने क्रममा डि.डि.सी कम्पनीको दुध बोक्ने गाडीबाट मदिरा बरामत गरेको हो ।
हेटैडाबाट विरगंज सम्म नियमीत डि.डि.सी को दुघ पु¥याउने ना ३ ख ११७८ नम्बरको ट्रकमा अबैध मदिरा ओसारपसार हुने गरेको सुराकी आएपछि प्रहरीले त्यसबारे बिहिवार बिहान चेकजाँच गरेको थियो ।
दुध राख्ने भाडोमाथी लुकाई हरेक दिन सो अबैध घरेलुमदिरा ओसार पसार हुदै आएको भए प्रहरीले जानकारी दिएको छ । प्रहरीले ट्रकबाट करिब २ सय ९५ लिटर अबैध मदिरा, ट्रक सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा मकवानपुरको हेडौडा उपमहानगरपालिका वडा न. ९ बस्ने बर्ष ५० को राम लामा सोहि स्थान बस्ने ४५ वर्षका प्रेम अधिकारी र पर्साका बिरगंज महानगरपालिका वडा न. २ छपकैया बस्ने १८ वर्षका मुम्ताज अन्सारी रहेका छन् ।
नियन्त्रणमा लिइएको ट्रक सहित चालकलाई थप कारवाहिको लागि आन्तरीक राजश्व कार्यालय सिमरामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरीक्षक रंजितसिहं राठोरले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस