आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निजगढ नगरपालिकाद्वारा व्यवसायिक संस्था तथा पसलहरुको अनुगमन

AuthorAP Khabar २०७५ आश्विन १८, बिहिबार ( ५ साल अघि) ७३४ पाठक संख्या

मनीता पाण्डे
निजगढ, १८ असोज  :  निजगढ नगरपालिकाले नगर भित्र संचालित व्यवसायिक संस्था तथा पसलहरुको अनुगमन गरेकोछ । नगरपालिकाले नगर भित्र संचालनमा रहेका पसलहरुलाई उपभोक्तामुखी र ग्राहकहरुलाई सुविधामैत्री बनाउनकालागी अनुगमन गरेको हो ।
नगरपालिकाको अनुगमन टोलिले मेडिकल, भेटेनरी, किराना, होटेल, रेस्टुरेन्ट लगायतका पसलहरुमा अनुगमन गरेको हो । अनुगमनका क्रममा नगरपालिकाको टोलिले व्यवसाय दर्ता नगरेको, फोहोर, वालश्रम गरेको फेला पारेको छ ।
फेला परेका तेस्ता पसल, बधशाला, होटलहरुलाई तत्काल केहिदिनभित्रै व्यवसाय दर्ता, पसलको सरसफाई, मुल्य नाघेका सामानहरु बिसर्जन गर्न र बालश्रम हटाउन निर्देशन गरेको छ ।

निजगढ नगरपालिकाले नगर भित्र संचालित व्यवसायिक संस्था तथा पसलहरुको अनुगमन टोलिले गरेको निर्देशन नमान्ने पसलहरुलाई आवश्यक कारवाहि गरिने टोलिले बताएको छ ।

नगरपालिकाले पहिलो चरणमा पसलहरुलाई चेतावनी दिएको र अर्को चरणको अनुगमनका क्रममा पनि सुधार नगरेको पाईएमा आवश्यक कानुनी प्रक्रियामा जाने अनुगमन टोलिका सदस्य निजगढ नगरपालिकाका कृषि शाखा प्रमुख रामशरण यादवले बताउनुभयो ।
अनुगमन टोलिमा निजगढ नगरपालिकाका कर्मचारी,उध्योग वाणिज्य संघका प्रतिनिधि,सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस