आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

साना किसान मनहर्वाको १६ औँ वार्षिक साधारण सभा सम्पन्न

AuthorAP Khabar २०७५ आश्विन १९, शुक्रबार ( ५ साल अघि) ७०५ पाठक संख्या

मनहर्वा, १९ असोज : जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेलले सहकारीले समाजको आर्थीक परिवर्तनमा महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभएको छ । बाराको जैतापुरमा साना किसान कृषि सहकारी संस्था लि. मनहर्वाको १६ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले समाजमा रहेको महिला लगाएत अन्य सिमान्तकृत, विपन्न परिवारको आर्थिक बृद्वि गर्न सहकारीले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका डा. पौडेलले ग्रामीण समुदायमा रहेर समाज जिल्लामै उत्कृष्ट कारोबार गर्न सफल सहकारी मध्ये सानाकिसान कृषि सहकारी संस्था मनहर्वा समेत रहेको बताउदै जीतपुरसिमरा उपमहानगरपालिकाले सहकारी मार्फत युवा लक्षित काम गर्न तत्पर रहेको जानकारी गराउनुभयो ।
संस्थाका अध्यक्ष नयनकला खड्काको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रसौनी गाउँपालिकाका उपप्रमुख गीता साह लगाएत विभिन्न संघ संसथाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा अध्यक्ष खड्काले संस्थाको आर्थीक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने शर्मिष्ठा दाहालले स्वागत मन्तब्य राख्नुभएको थियो ।
पत्रकार सुनिल गाउले सम्मानित
साना किसान कृषि सहकारी संस्था लि मनहर्वाले आफ्नो १६ औँ वार्षिक साधारण सभाको अवसरमा पत्रकार सुनिल गाउलेलाई सम्मान गरेको छ । संस्थाले सहकारीलाई विभिन्न माध्यबाट सहयोग गर्ने विभिन्न सदस्यलाई सम्मान गर्ने क्रममा पत्रकार गाँउलेलाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरीएको कार्यक्रम संचालक एवम संस्थाका ब्यवस्थापक पुष्पराज खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस