आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा उपमहानगरद्धारा सिमरा बजार अनुगमन

AuthorAP Khabar २०७५ आश्विन १९, शुक्रबार ( ५ साल अघि) ५६९ पाठक संख्या

सिमरा, १९ असोज : नकिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाले शुक्रवार सिमरा बजार अनुगमन गरेको छ । वडा नं. १ र वडा नं. २ को संयोजनमा उपमहानगरपालिकाले सिमरा बजार क्षेत्रमा रहेको होटल, किराना पसल, तरकारी बजार, मासु पसललगायतको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा फोहोर देखिएका होटललाई सफा राख्न, किराना पसललाई मुल्य सूची राख्न र उपभोक्तासंग बढी मूल्य नलिन सचेत गराइएको थियो । अनुगमनकै क्रममा खसीको भन्दै बाख्राको मासु बिक्री गरेको आरोपमा एक मासु पसलका सञ्चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।
अनुगमनका क्रममा किराना पसललाई मूल्य सूची राख्न निर्देशन गरिएको छ । मेयर डा. कृष्ण पौडेलसहित निस्कीएको उपमहानगर, ईलाका प्रशासन र विभिन्न संघसंस्थाको टोलीले चाडपर्व भरी बजार अनुगमनलाई निरन्तरता दिने भएको छ । उपमहानगर मेयर डा. पौडेलले अनुगमनलाई निरन्तरता दिने बताउनुभएको छ ।
अनुगमनमा उपमेयर सरस्वती चौधरी, प्रमुख प्रशासकिय अधिकृत शिवकुमार कार्की, ईलाका प्रशासन कार्यलयका प्रम्ख, वडा नं. १ का अध्यक्ष हिराबहादुर गुरुङ, वडा नं. २ का अध्यक्ष तिलकबहादुर श्रेष्ठ, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघलगायत जनप्रतिनिधि र स्थानिय संघसंस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस