आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुपर ल्यामीकोट उद्योगमा आगलागि , करोडौंको क्षेती

AuthorAP Khabar २०७५ आश्विन १९, शुक्रबार ( ५ साल अघि) ८१५ पाठक संख्या

AP डेस्क
बारा , १९ असोज  : बाराको नितनपुरमा रहेको सुपर ल्यामीकोट प्रा.लि उद्योगमा शुक्रवार साँझ आगलागि भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१० नितनपुर स्थित सो उद्योगमा विद्युत् सर्ट भइ आगो लागेको हो ।
साँझ करिब पाच ३० बजेको समयमा लागेको आगोलाई उद्योगमा कार्यरत मजदुर, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जीतपुरसिमरा उपमहानगरपालिका, बिरगंज महानगरपालिका र नेपाल आयल निगम आमलेगंजको वरुण यन्त्रको सहयोग करिब दुई घण्टा पछि नियन्त्रणमा दिईएको थियो ।
आगलागिमा उद्योगको एक थान प्रिन्टर मिशिन, दुई थान लेमिनेशन मिशिन, एक थान ईन्स्पेक्शन मिशिन, दुई थान कटिङ्ग मिशिन लगायत कच्चापदार्थका विभिन्न मिशिनहरु जलेर नष्ट भएको उद्योग प्रसाशनका विश्वनाथ गिरीले बताउनुभएको छ ।
आगलागिका कारण उद्योगमा करिब दश करोड बराबरको क्षती भएको हुन सक्ने प्रहरीको अनुमान छ । आगलागिको कारण र क्षतीको विवरण संकलन गर्नै काम भैरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । उद्योगले चाउचाउ, विस्कीट, चकलेट राखन प्रयोग गरीने प्लास्टिकको ¥यापर बनाउने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस